४० किलो चामलले तीन कट्ठा घरघडेरी लिलाममा
6 वर्ष पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी — भोक मेटाउन साहुबाट उधारोमा लिएको चामलले महोत्तरी धिरापुरकी तेतरीदेवी सहनीले कुनै दिन परिवारकै उठीबास हुन सक्छ भन्ने सोचेकी पनि थिइनन् । तर त्यही उधारो चामलले उनको परिवार अहिले बिखलबन्दमा छ ।
मटिहानी नगरपालिका–१ धिरापुरकी तेतरीले गाउँका साहु जगदीश साहसँग सात वर्षअघि ४० किलो चामल उधारो लिएकी थिइन् । त्यसबापत जगदीशले सादा कागजमा तेतरीको औंठाछाप लगाएका थिए । चामल लिएको एक वर्षपछि साहले पैसाको ताकेता गर्न थाले । तेतरीले गाउँकै अर्का व्यक्तिसँग ऋण मागेर २० हजार जगदीशलाई बुझाइन् । तर हिसाब चुक्ता भए होला भनेर सोचेकी तेतरीलाई एक वर्षपछि अर्को झड्का लाग्यो । २० हजार दिएको वर्ष दिनपछि फेरि जगदीशले तेतरीसँग ९ लाख लिनु छ भन्दै कागज देखाएर पैसा माग्न र धम्काउन थाले । खाँदै नखाएको ऋणको कागज देखाउँदा आफू छाँगाबाट खसे जस्तै भएको तेतरी बताउँछिन् ।
तेतरीले पटकपटक आफूले पैसा नलिएको र चामलको पैसा दिइसकेको भन्दै पञ्चायत राखिन् । पञ्चायतमा तेतरीले पैसा नतिर्ने बताएपछि जगदीशले तेतरीविरुद्ध एक वर्षअघि महोत्तरी जिल्ला अदालतमा मुद्दा नै हाले । तेतरीले फेरि पञ्चायत बोलाइन् । तेतरीबाट १ लाख लिएर गाउँ पञ्चायतले मुद्दा फिर्ता लिन आग्रह गरेपछि जगदीशले सहमति जनाउँदै गाउँलेकै अगाडि उनीसँग १ लाख रुपैयाँ लिए । ऋण गरेर जगदीशलाई १ लाख बुझाइसकेकी तेतरीविरुद्धको मुद्दा जगदीशले भने फिर्ता लिएनन् । अनेक जालसाजी कागजात पेस गरेर अदालतमा उनी झनै बलियो रूपमा उभिए । मुद्दा किनारा लाग्ने क्रममा अहिले महोत्तरी जिल्ला अदालतले तेतरीको तीन कट्ठामा रहेको घरघडेरी लिलाम गर्न आदेश दिएको छ । अदालतले समेत घर खाली गर्न पत्र दिएपछि आफू राज्यबाट समेत चरम अन्यायमा परेको तेतरी बताउँछिन् । जगदीशले आफूलाई पटक–पटक घरबाट निस्कन धम्की दिएकाले उनी अहिले जिल्ला प्रशासन कार्यालयदेखि अन्य निकाय र व्यक्तिलाई गुहार गरिरहेकी छन् ।
जिल्लामा जगदीशजस्तै मिटरब्याजीको समूह नै सक्रिय रहेका कारण गरिब तथा विपन्न समुदायको उठीबास लाग्दै आएको छ । महोत्तरीमा झूटा तमसुक बनाएर गरिबको शोषण गर्ने क्रम रोकिएको छैन । मिटरब्याजीको परिचय बनाएका धिरापुरका अर्का व्यक्ति विनोद साहको दबदबा अन्य पालिकामा समेत छ । विनोदले आफूमाथि अन्याय गरेको पिपरा गाउँपालिका अतराका रामसागर मण्डलको भनाइ छ ।
चार वर्षपहिले उनले घरव्यवहार चलाउन विनोदसँग डेढ लाख ऋण लिएका थिए । डेढ लाखको ब्याज जोड्दै ६ लाख रकम बुझाइसक्दा पनि विनोदले ४० लाख तिर्नुपर्ने भन्दै धम्क्याइरहेको मण्डलले बताए । अहिले विनोदले ४० लाख तिर्न दबाब दिँदै जेल जान तयार हुनू भनेर डर देखाउने गरेको मण्डलले गुनासो गरे । मटिहानी धिरापुर घर भएका मिटरब्याजी भनेर चिनिने एकै परिवारका जगदीश साह, विनोद साह र राजकुमार साहले धिरापुरको एकै टोलका गरिब तथा दलित २५ परिवारको उठीबास लगाउन खोजेको पीडित उर्मिला देवीको भनाइ छ ।
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
10 घन्टा पहिले
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..
10 घन्टा पहिले
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले