Janakpurdham
Fri, Oct 17, 2025
`

विश्वकपको सुपर ८ समीकरण पूरा, भारत र अष्ट्रेलिया एकै समूहमा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ३ गते  । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ ।

भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा भारत र अस्ट्रेलिया र दक्षिण अफ्रिका चारवटै खेल जिते ।

अमेरिकाले ४ मध्ये २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो । भारतसँग भने पराजित भएको थियो । यस्तै इङ्ल्यान्डले पनि २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएर अंक बाँडिएको थियो । अष्ट्रेलियासँग भने पराजित भएको थियो ।

 वेस्ट इन्डिज र अफगानिस्तानले खेलेका तीनवटै खेल जितेका छन् । अन्तिम खेलमा अब वेस्ट इन्डिजले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै, बंगलादेशले ४ मध्ये ३ खेल जित्यो भने दक्षिण अफ्रिकासँग मात्र पराजित भएको थियो ।
 वेस्ट इन्डिज र इङ्ल्यान्ड प्रतियोगिताको इतिहासमा सर्वाधिक २/२ पटकका विजेता हुन् । अष्ट्रेलिया र भारतले पनि एक एकपटक जितेका छन् । सुपर एट पुगेका दक्षिण अफ्रिका, बंगलादेश, अमेरिका र अफगानिस्तानले भने उपाधि जित्न सकेका छैनन् ।
 
साभार : नेपाल प्रेस

`
12 comments
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..

12 घन्टा पहिले

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..

12 घन्टा पहिले

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

1 दिन पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

1 दिन पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

3 दिन पहिले