Janakpurdham
Tue, Aug 11, 2026
`

विश्वकपको सुपर ८ समीकरण पूरा, भारत र अष्ट्रेलिया एकै समूहमा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ३ गते  । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ ।

भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा भारत र अस्ट्रेलिया र दक्षिण अफ्रिका चारवटै खेल जिते ।

अमेरिकाले ४ मध्ये २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो । भारतसँग भने पराजित भएको थियो । यस्तै इङ्ल्यान्डले पनि २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएर अंक बाँडिएको थियो । अष्ट्रेलियासँग भने पराजित भएको थियो ।

 वेस्ट इन्डिज र अफगानिस्तानले खेलेका तीनवटै खेल जितेका छन् । अन्तिम खेलमा अब वेस्ट इन्डिजले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै, बंगलादेशले ४ मध्ये ३ खेल जित्यो भने दक्षिण अफ्रिकासँग मात्र पराजित भएको थियो ।
 वेस्ट इन्डिज र इङ्ल्यान्ड प्रतियोगिताको इतिहासमा सर्वाधिक २/२ पटकका विजेता हुन् । अष्ट्रेलिया र भारतले पनि एक एकपटक जितेका छन् । सुपर एट पुगेका दक्षिण अफ्रिका, बंगलादेश, अमेरिका र अफगानिस्तानले भने उपाधि जित्न सकेका छैनन् ।
 
साभार : नेपाल प्रेस

`
12 comments
हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांस..

काठमाडौं, साउन २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्..

9 घन्टा पहिले

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट..

काठमाडौं, साउन २५ : धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्..

9 घन्टा पहिले

आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको ..

काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सब..

1 दिन पहिले

‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ’

काठमाडौं, साउन २४ : नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय अराजकता बढेको बताएका छन्। उनले केन्द्रीय समितिक..

1 दिन पहिले

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्..

काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस..

2 दिन पहिले