तराई मधेश छठमय
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
रेनु झा, जनकपुरधाम कार्तिक ११ गते । मिथिलाञ्चल तथा तराई मधेशसहित विगत केही वर्ष यता देशकै साझा पर्वको रूप ग्रहण गर्दै गएको छठको विधि आजबाट शुरु भएको छ ।चार दिनसम्म चल्ने छठ पर्व अन्तर्गत आज अरवे नहाय खाय अर्थात अरवा अरवाईन विधि सम्पन्न भएको छ । व्रतीहरूले आज नदी, तलाउ, जलाशयमा स्नान गरेर चाखो तथा शुद्ध खाने कुरा खाएका छन् ।भोलि पञ्चमी तिथिका दिन खरना पर्व हुनेछ । व्रतीले दिनभरि उपवास बसेर साँझपख प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर, पुरी पकाएर केला सहितको सामाग्रीहरू छठी मैयाँलाई अर्पण गरेर आफू पनि नुनरहित प्रसाद नै ग्रहण गरी खरना विधि गर्दछन् ।
छठको तेस्रो दिन अर्थात षष्ठी तिथिका दिनभरि निराहार बसेर अस्ताउँदो सूर्यलाई नदी, तलाउ एवं सरोवरमा पुगेर प्रथम अर्घ दिने कार्यक्रम छ । यस दिन जनकपुरधाम सहितका कतिपय ठाउँमा बिहानैदेखि छठ घाटमा डाला सहितको प्रसाद सामाग्री राख्ने गरिन्छ भने कतिपय ठाउँमा दिउँसो मात्र प्रसादहरू घाटमा लाने गरिन्छ ।चौथो दिन अर्थात सप्तमी तिथिका दिन पुनः उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि छठ पर्व विधिवत् समापन हुन्छ भएपछि व्रतीहरूले करिब ४८ घण्टा उपवास पश्चात् परना अर्थात् नुन सहितको खाना अर्थात खरना खाने गर्दछन् ।छठ पर्वमा बाँसको ढाकी, टपरी, डगरी, माटोको कोसिया कुरबार, हाती लगायतको भाडा पर्वणहरूमा विभिन्न प्रकारका प्रसाद सामग्रीहरु राखेर सूर्यलाई अर्घ दिने चलन छ । प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं अन्य प्रकारको वनस्पति, मिठान्न तथा फलफूल सूर्य देवता अर्पण गर्ने चलन रहेको छ ।
अर्घ दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान् अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।छठ पर्वको पूजा सामग्री जोरजाम, किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई सिँगार्ने काम भइरहेको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरूलाई नवदुलही झैँ सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।अहिले गाउँघर, सहर बजार, गल्लीमा गुन्जिरहेको छठ पर्वको नाना थरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
13 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
13 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले

