Janakpurdham
Sun, Feb 15, 2026
`

सोमबारदेखि सरकारी खाता रोक्का

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,असार २३ गते । असार २४ गते सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।

कानुनमै उल्लेख भएको विषय भएकाले कार्यालयले यस वर्ष खाता बन्द गर्न मातहतका कार्यालयलाई परिपत्र नगरिए पनि सोमबार रातीदेखि बजेट भुक्तानी नहुने महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता ओमप्रसाद रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन् ।’

संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले सोमबारसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने प्रवक्ता रिजालले बताए । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साता अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।

विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

साभार : नेपाल प्रेस

`
12 comments
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहल..

काठमाडौं ,फाल्गुन २ गते ।  महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहल..

6 घन्टा पहिले

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष चौधरी र लोसपाका महासचिव म..

सर्लाही ,फाल्गुन २ गते । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेताहरू नेपाली क..

6 घन्टा पहिले

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहमा ..

काठमाडौं ,फाल्गुन २ गते । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्..

6 घन्टा पहिले

त्रिभुवन विमानस्थलभित्र एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं, माघ २९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्..

2 दिन पहिले

वानखेडेमा नेपाल स्तब्ध, इटालीसँग १० विकेटले पारजित

काठमाडाैं, माघ २९ ः टि–२० विश्वकपमा नेपालले लागतार दोस्रो हार व्यवहोरोको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग जित..

2 दिन पहिले