शिक्षकहरुको तलव भत्ता अविलम्व भुक्तानी गर्न मांग सहित जनकपुरधाम उपमहानगरपालिकामा डेलिगेसन बुझाउने निर्णय
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असार २५ गते । जनकपुरधाम उपमहानगरपालिकाका प्रधानाध्यापकहरुले शिक्षकको तलव भत्ता वापतको रकम रोक्का गर्ने काम अव्यवहारिक भएको जोड दिएका छन् ।
नेपाल शिक्षक संघ नगर अध्यक्ष एवं स्थानीय कार्य समितिका गौरीशंकर लाल कर्णले उपमहानगरपालिकाले तलब भत्ता निकासा गरेपनि दरबन्दी मिलान नभएको नाममा शिक्षकहरुको तलब रोक्नु वैधानिक नभएकाे गुनासो गरेका छन् ।
उनले प्रधानाध्यापकहरूले जनकपुरधाम उपमहानगरपालिकामा मंगलबार यसको विरोधमा डेलिगेशन बुझाउन लागेको बताए ।
उनले जनकपुरधाम उप–महानगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुको २०८१ साल वैशाख देखि हाल सम्मको तलव भत्ता भुक्तानी नभएको ध्यानाकर्षण गराए ।
नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्निेही यादवले जनकपुरधाम उपमहानगरपालिकाका शिक्षाशाखामा पटक–पटक ताकेता गर्दा पनि कुनै पहल नभएको कारण चरवद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
उनले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सवै तहमा कार्यरत शिक्षक कर्मचारीहरुलाई कामकाजमा नखटाउने उपमहानगरपालिकाको निर्णय आपत्तिजनक रहेको बताए ।
उनले डेलिगेशन बुझाए पछि पनि आफूहरुको माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षण गराए ।
नेपाल ट्रेड युनियन धनुषाका अध्यक्ष एवं प्रधानाध्यापक महावीर दासले जनकपुधाम उपमहानगर्पालिकाले शिक्षक माथि अघात पुर्याउनु भनेको विद्यालयको पठनपाठनलाई तहसनहस गर्न खोजेको बताए ।
उनले अस्थायी प्रकृतिका सवै तहमा कार्यरत शिक्षक– कर्मचारीहरुलाई कामकाजमा नखटाउने उपमहानगरपालिकाको निर्णय अब्यवहारिक भएकोले निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
14 घन्टा पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
14 घन्टा पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
2 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
2 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
2 दिन पहिले