Janakpurdham
Thu, Oct 15, 2026
`

शिक्षकहरुको तलव भत्ता अविलम्व भुक्तानी गर्न मांग सहित  जनकपुरधाम उपमहानगरपालिकामा डेलिगेसन बुझाउने निर्णय

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार २५ गते । जनकपुरधाम उपमहानगरपालिकाका प्रधानाध्यापकहरुले शिक्षकको तलव भत्ता वापतको रकम रोक्का गर्ने काम अव्यवहारिक भएको जोड दिएका छन् । 

नेपाल शिक्षक संघ नगर अध्यक्ष एवं स्थानीय कार्य समितिका गौरीशंकर लाल कर्णले उपमहानगरपालिकाले तलब भत्ता निकासा गरेपनि दरबन्दी मिलान नभएको नाममा शिक्षकहरुको तलब रोक्नु वैधानिक नभएकाे गुनासो गरेका छन् । 

उनले प्रधानाध्यापकहरूले जनकपुरधाम उपमहानगरपालिकामा मंगलबार यसको विरोधमा डेलिगेशन बुझाउन लागेको बताए ।  

उनले जनकपुरधाम उप–महानगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुको २०८१ साल वैशाख देखि हाल सम्मको तलव भत्ता भुक्तानी नभएको ध्यानाकर्षण गराए । 

नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्निेही यादवले जनकपुरधाम उपमहानगरपालिकाका शिक्षाशाखामा पटक–पटक ताकेता गर्दा पनि कुनै पहल नभएको कारण चरवद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।  

 उनले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सवै तहमा कार्यरत शिक्षक कर्मचारीहरुलाई कामकाजमा नखटाउने उपमहानगरपालिकाको निर्णय आपत्तिजनक रहेको बताए । 

उनले डेलिगेशन बुझाए पछि पनि आफूहरुको माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षण गराए ।

नेपाल ट्रेड युनियन धनुषाका अध्यक्ष एवं प्रधानाध्यापक महावीर दासले जनकपुधाम उपमहानगर्पालिकाले शिक्षक माथि अघात पुर्याउनु भनेको विद्यालयको पठनपाठनलाई तहसनहस गर्न खोजेको बताए । 

उनले अस्थायी प्रकृतिका सवै तहमा कार्यरत शिक्षक– कर्मचारीहरुलाई कामकाजमा नखटाउने उपमहानगरपालिकाको निर्णय अब्यवहारिक भएकोले निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

21 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

21 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले