Janakpurdham
Mon, Oct 19, 2026
`

बालक हत्या प्रकरण : मुख छाडेको निहुमा छुरा प्रहार, पाँच जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर । झापाको दमक नगरपालिका – १० आमवाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । छठको मेला हेर्न मोरङ र झापाको सीमानामा पर्ने मावा खोलामा आएको बेला आइतबार राति उनीमाथि छुरा प्रहार भएको थियो । उपचारका क्रममा उनको सोमबार विहान मृत्यु भएको हाे । श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १८ वर्ष मुनीका पाँच किशाेरलाई  पक्राउ गरेकाे हाे  ।पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका– ६ चन्द्रमा चौक बस्ने  १७ वर्षीय बस्नेत, सोही वडाको वानडाँडा बस्ने  १७ वर्षीय खवास, तामाङ, पानीट्यांकी  बस्ने १६ वर्षीय माझी र तरूण चौक बस्ने  १६ वर्षीय खत्री थरका   युवक छन् ।पक्राउ परेकाहरुले पूर्व  रिसिईवी र मेलामा मुख छाडेको निहुमा छुरा प्रहार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।उर्लाबारी नगरपालिका वडा– ७ स्थित मावा खोला किनारमा छुरा प्रहार भएपछि   घाईते भएका उनलाई  गोदावरी अस्पताल उर्लाबारीमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि  वि.एण्ड.सि. अस्पताल विर्तामोड पठाइयो ।  विर्तामोडमा उपचारको क्रममा आज विहान करिब ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।प्रहरीका अनुसार श्रेष्ठको कोख मुनी छुरा प्रहार भएको थियो । ‘यिनीहरुबीच पुरानै चिनजान देखिन्छ, मेलामा भनाभन भएपछि छुरा प्रहार भयो,’ प्रहरी  स्रोतले भन्यो,‘ पुरानै रिस पनि देखिन्छ ।’घटनामा ७–८ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आक्रमण गर्ने समूहमा ७–८ जना  थिए । श्रेष्ठ भने तीन जना साथीसँग मेलामा आएका थिए । मेलामा भेट भएपछि दुई समूहबीच भनाभनपछि कुटाकुट भएको थियो । सोही क्रममा ७–८   जनाको समूहले श्रेष्ठलाई छुरा प्रहार गरेको प्रहरीले बताएको छ । साभार : कोसी अनलाइन

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

22 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

22 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

2 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

2 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

3 दिन पहिले