
धनुषामा चुनावी चहलपहल बढ्यो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
.jpg)
जनकपुरधाम । छठ पर्वको समापनसँगै धनुषामा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी सरगर्मी तीव्र बनेको छ । निर्वाचन आयोगले चुनावको प्रचार प्रसारका लागि १७ गते देखि छुट दिएपछि उम्मेदवारहरू प्रचारको शैलीका लागि तयारी गरिरहेका छन् ।खास गरेर पत्र पत्रिका, रेडियो, टेलिभिजन तथा माइकिङ मार्फत चुनावको प्रचार गर्नका लागि तयारी गरिरहेका छन् । धनुषा जिल्लामा रहेको रहेको ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभाको चुनावमा मुख्यतः दुई गठबन्धन दलका बीचमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नंं ३ बढी चर्चामा रहेको छ । यस ठाउँबाट मुख्यतः दुई गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका दुई जना पूर्वमन्त्रीका बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ । नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहनु भएका प्रतिनिधि सभाका सदस्य पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं पूर्वमन्त्री अनिल कुमार झा र नेकपा एमाले र जसपा गठबन्धन दलका उम्मेदवार एमालेका नेत्री पूर्वमन्त्री जुली कुमारी महतो महासेठका बीचमा कडा प्रतिस्पर्धा रहेको छ ।दुवै उम्मेदवारहरू घर उम्मेदवारी दर्ता सँगै घर दैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । दुवै जनाले आफूहरूको जीत सुनिश्चित भएको दाबी गर्दै आउनु भएको छ । उहाँहरूलाई स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको नेपाल सरकारका पूर्व सिनियर डिभिजन इन्जिनियर सत्यनारायण साह तथा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साहले पनि चुनौती दिइरहनु भएको छ ।यसै धनुषा निर्वाचन क्षेत्र नंं ३ को प्रदेश सभा तर्फबाट पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका लागि प्रदेश सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादव र एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका मुख्यमन्त्री लालबाबु राउतका पूर्व प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले टक्कर दिइरहनु भएको छ ।

साभार : रेडियो नेपाल

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
3 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
3 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
18 घन्टा पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
18 घन्टा पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले