भारतको इनर्जी एक्सचेन्जबाट विद्युत् किन्न सुरु
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केट (आईईएक्स) बाट विद्युत् किन्न सुरु गरेको छ । विद्युत् खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रस्तावबाट मूल्य तय हुने यो बजारबाट विद्युत् खरिदका लागि खरिदकर्ताले अघिल्लो दिन नै मूल्य र खरिद गर्ने विद्युत्को परिमाण प्रस्ताव गर्नुपर्छ ।
प्राधिकरणले शुक्रबार राति १२ देखि १ बजेसम्म २ सय ५० मेगावाट किन्ने, राति १ देखि शनिबार दिउँसो ६ बजेसम्म २ सय मेगावाट विद्युत् किन्ने र साँझ ६ देखि १२ बजेसम्म २ सय ५० मेगावाट विद्युत् खरिद गर्ने गरी प्रस्ताव हालेको थियो । इनर्जी एक्सचेन्ज बजारमा हरेक १५–१५ मिनेटका लागि विद्युत् खरिद गर्न पाउने व्यवस्था छ ।
प्राधिकरणले पहिलो दिन खरिद गर्न प्रस्ताव गरेको सबै विद्युत् प्राप्त गर्ने भएको प्राधिकरणका ऊर्जा व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । प्राधिकरणले विद्युत्बापत प्रतियुनिट औसत मूल्य (मार्केट क्लियरिङ प्राइस) ३.२९ भारु परेको उनले बताए । यो मूल्यमा ट्रान्समिसन शुल्क, आवेदन शुल्क, जीएसडी चार्ज र व्यापार कम्पनीको व्यावसायिक शुल्क गरी ०.५२ भारु थप गर्दा प्रतियुनिट लागत मूल्य ३.८१ पर्ने अधिकारीको भनाइ छ । विद्युत् खरिद सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्राधिकरणले प्रतियुनिट भारु ४.१८ तिर्दै आएको थियो । एक्सचेन्ज बजारको मूल्य तुलना गर्दा यो विद्युत् प्राधिकरणलाई प्रतियुनिटमा भारु ०.३७ सस्तो परेको छ । प्राधिकरणलाई ५१ लाख ५० हजार युनिटबापत भारु १९ लाख ५ हजार ५ सय (३० लाख ४८ हजार ८ सय रुपैयाँ) बचत भएको अधिकारीले जानकारी दिए । मे र जुनभर यसैगरी हरेक दिन आवश्यक परिमाण विद्युत् खरिद गर्ने योजना रहेको उनको भनाइ छ ।
इनर्जी एक्सचेन्जबाट खरिद गरिएको विद्युत् ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल भित्र्याइएको हो । यही प्रसारण लाइनबाट नेपालले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग किनेको विद्युत् पनि भित्रिन्छ ।
यो अन्तरदेशीय प्रसारण लाइनमार्फत ३ सय ५० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न मिल्छ ।निगमसँग विद्युत् खरिदका लागि प्राधिकरणले गरेको सम्झौता जुन महिनामा सकिँदै छ ।
नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष..
काठमाडौं, भाद्र ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को सा..
15 घन्टा पहिले
डा. राजेन्द्र विमलजीको बाल्यकाल : प्रतिभा, प्रकृतिप्रेम ..
दिपेश मल्लिक मेरा पिताजी स्व. रामचन्द्र मल्लिक ‘मास्टर साहेब’ र डा. राजेन्द्र विमल बालसखाका रूपमा रहनुभएको..
15 घन्टा पहिले
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..
काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..
2 दिन पहिले
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..
काठमाडौं, भदाै ४: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..
2 दिन पहिले
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..
3 दिन पहिले