आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछन् ।असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ । यस्तै आजका दिन काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लागेको छ ।साभार : नेपाल प्रेस

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
21 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
22 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
2 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
2 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
3 दिन पहिले