Janakpurdham
Thu, Oct 16, 2025
`

मुलुकको शासन गर्न निर्वाचन लडेर आउन पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

महोत्तरी, फागुन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिँदै मुलुकको शासन गर्न निर्वाचनबाट आउन सुझाव दिएका छन्। 

प्रधानमन्त्री ओलीले बिहीबार महोत्तरीमा आयोजित कार्यक्रममा यस्तो सुझाव दिएका हुन्। आफुलाई लोकप्रिय लागेको भए निर्वाचनमा लडेर शासन गर्न ओलीको पूर्व राजा शाहलाई चुनौती छ। 

ओलीले कुर्सीमा बस्दा राजा हुने दिन गएको पनि बताए । ‘कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्,’ ओलीले भने, ‘पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस्।’

प्रधानमन्त्री ओलीले छायाँ अघि सारेर नभइ आफैं राजनीतिक दल खोलेर निर्वाचन लड्न पनि शाहलाई सुझाव दिए। 

‘नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन्। हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन्,’ ओलीले भने। 

उनले देश विकास निर्माणका कामबाट अघि बढिरहेको पनि बताए। प्रधानमन्त्री ओलीले आफू मधेसविरोधी नभएको पनि बता ।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

12 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

12 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

2 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

2 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

3 दिन पहिले