कांग्रेस मधेश दलका नेता यादवको दावी– योजना खरिद विक्रीमा कांग्रेस संलग्न छैन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन २५ गते । सत्तारुढ नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले योजना खरिद विक्रीमा कांग्रेस कुनै पनि रुपमा संलग्न नरहेको दावी गरेका छन् ।
नेता यादवले आज विज्ञप्ती जारी गरेर यस्तो दावी गरेका हुन् । उनले योजना खरिदविक्री जस्ता विकृत क्रियाकलापको साक्षी भएर बसिरहन बाध्य नरही कांग्रेस सम्बन्धित पक्षसँग उचित छलफल गरी निर्णय लिने स्पष्ट पारेका छन् ।
उनले प्रदेश सरकार अन्तर्गत खासगरी विकासे मन्त्रालयहरुको नाउँ जोडेर योजना खरिदविक्री भइरहेको भनि विभिन्न सञ्चारमाध्यमहरुमा केही दिनदेखि निरन्तर सम्प्रेषण भइरहेको समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘यतिबेला विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेका समाचारमा के कति सत्यता छ भन्ने विषयमा एक जिम्मेवार दलको हैसियतले मेरो ध्यान केन्द्रीत भएको छ’, उनले विज्ञप्तीमा भनेका छन्, ‘ती समाचारहरुले गरेको संकेत सही हो भने यस्ता गतिविधिहरुमा नेपाली काँग्रेस कुनै पनि रुपमा संलग्न रहेको स्पष्ट पार्न चाहन्छु ।’
सरकारी बजेटको दुरुपयोग भइरहेको अवस्था छ भने अत्यन्तै गम्भिर भएर यस्ता विषयमा चासो लिन र तत्काल सुधारका लागि आवश्यक कदम चाल्न सत्ता गठबन्धन दलको हैसियतले काँग्रेसको तर्फबाट उनले सरकारलाई सचेत गराएका छन् ।
चालु आर्थिक वर्षको बजेटमा खुल्ला प्रतिस्पर्धा (टेण्डर)बाट मात्र विकास निर्माणको काम गर्ने÷गराउने उल्लेख गरिएको थियो । तर पछि ५० लाखसम्मको योजना उपभोक्ता समितिबाटै सञ्चालन गर्नेगरी बजेट संशोधन गरियो ।
अहिले भौतिक पूर्वाधार कार्यालयहरुमार्फत मन्त्रीले कमिशन लिएर कार्यकर्ता र ठेकेदारलाई योजनाको चिठ्ठी बाँड्ने गरिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले सांसदलाई ५ देखि ८ करोडसम्मको योजना बाँडेका छन् ।
साभार : नेपाल प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
23 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
23 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह