Janakpurdham
Wed, Oct 29, 2025
`

कांग्रेस मधेश दलका नेता यादवको दावी– योजना खरिद विक्रीमा कांग्रेस संलग्न छैन

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, फागुन २५ गते । सत्तारुढ नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले योजना खरिद विक्रीमा कांग्रेस कुनै पनि रुपमा संलग्न नरहेको दावी गरेका छन् ।

नेता यादवले आज विज्ञप्ती जारी गरेर यस्तो दावी गरेका हुन् । उनले योजना खरिदविक्री जस्ता विकृत क्रियाकलापको साक्षी भएर बसिरहन बाध्य नरही कांग्रेस सम्बन्धित पक्षसँग उचित छलफल गरी निर्णय लिने स्पष्ट पारेका छन् ।

उनले प्रदेश सरकार अन्तर्गत खासगरी विकासे मन्त्रालयहरुको नाउँ जोडेर योजना खरिदविक्री भइरहेको भनि विभिन्न सञ्चारमाध्यमहरुमा केही दिनदेखि निरन्तर सम्प्रेषण भइरहेको समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘यतिबेला विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेका समाचारमा के कति सत्यता छ भन्ने विषयमा एक जिम्मेवार दलको हैसियतले मेरो ध्यान केन्द्रीत भएको छ’, उनले विज्ञप्तीमा भनेका छन्, ‘ती समाचारहरुले गरेको संकेत सही हो भने यस्ता गतिविधिहरुमा नेपाली काँग्रेस कुनै पनि रुपमा संलग्न रहेको स्पष्ट पार्न चाहन्छु ।’ 

सरकारी बजेटको दुरुपयोग भइरहेको अवस्था छ भने अत्यन्तै गम्भिर भएर यस्ता विषयमा चासो लिन र तत्काल सुधारका लागि आवश्यक कदम चाल्न सत्ता गठबन्धन दलको हैसियतले काँग्रेसको तर्फबाट उनले सरकारलाई सचेत गराएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा खुल्ला प्रतिस्पर्धा (टेण्डर)बाट मात्र विकास निर्माणको काम गर्ने÷गराउने उल्लेख गरिएको थियो । तर पछि ५० लाखसम्मको योजना उपभोक्ता समितिबाटै सञ्चालन गर्नेगरी बजेट संशोधन गरियो ।

अहिले भौतिक पूर्वाधार कार्यालयहरुमार्फत मन्त्रीले कमिशन लिएर कार्यकर्ता र ठेकेदारलाई योजनाको चिठ्ठी बाँड्ने गरिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले सांसदलाई ५ देखि ८ करोडसम्मको योजना बाँडेका छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

3 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

3 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

1 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

2 दिन पहिले