‘वर्तमान सरकार आएर जनतामा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पट्टकै चित्त बुझाउन नसकिने बताए।
‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरु आक्रोसित पनि छन् । यो आक्रोसलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने कुरा म पनि मान्छु। ती जनताहरुको कुरा सुन्नु पर्छ र उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु,’ उनले भने, ‘तर उनीहरू किन रिसाएका छन् भन्ने कुरामा अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आए त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिँदैन।’
सांसद थापाले प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो तर समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरि प्रश्न नगर्न आग्रह गरे।
‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, गर्नै पर्छ तर हामीले यसरी व्याख्या गर्छौ कि यो समस्या होईन संकट हो। गयो, गयो डुब्यो सक्यो, भत्कियो, म हुदाँ ठिक थियो, क नहुदाँ सकियो,’ उनले भने।
म भन्दा राम्रो कोही छैन, म र मेरो समुह बाहेक बाँकी रहेको मानिसहरु सब खतम, सब भ्रष्ट र अयोग्य हुन् भन्ने प्रवृत्ति छोड्नु पर्ने पनि उनले बताए।
साभार : काठमाडौं प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
23 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
23 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह