Janakpurdham
Thu, Oct 16, 2025
`

‘चुरे जलको भण्डार तथा मानव जीवनको पद्धति हो’

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत ९ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरे मानव जीवन पद्धति भएकाले यसको संरक्षण र संवर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक भएको बताउनुभएको छ ।

चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जल तथा जैविक विविधताको भण्डार रहेकाले यसको संरक्षणका लागि थप सार्थक प्रयास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

सभामुख मण्डलले नेपालको कूल भूभागमध्ये १२.७२ प्रतिशत चुरे भएकाले यसको संरक्षण गरी हराभरा बनाए करोडौँ मानिसलाई स्वच्छ जल तथा अक्सिजन दिन सक्ने साथै कृषि उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो । 

जनता समाजवादी पार्टी मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले चुरे नेपालको जीवन रेखा भएकाले यसको संरक्षणमा नेपाल सरकार गम्भीर बन्न जरुरी रहेको बताउनुभयो । 

मधेश प्रदेशका निमित्त वन निर्देशक सुजित कुमार झाले चुरेको संरक्षणका लागि चुरे क्षेत्रका स्थानीयबासी गम्भीर बनेर यसको संरक्षणमा अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । 

चुरे वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा चुरेको संरक्षण तथा संवर्द्धनमा पटक पटक समाचार सङ्कलन तथा सम्प्रेषण गरेर जागरूकता फैलाउने काम गर्नुभएका रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झा, गोरखापत्र दैनिकका समाचारदाता विजय साह, कान्तिपुरका अमरकान्त ठाकुर सहितका सञ्चारकर्मीहरूलाई सभामुख रामचन्द्र मण्डलले सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो ।


साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

7 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

8 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले