‘चुरे जलको भण्डार तथा मानव जीवनको पद्धति हो’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत ९ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरे मानव जीवन पद्धति भएकाले यसको संरक्षण र संवर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक भएको बताउनुभएको छ ।
चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जल तथा जैविक विविधताको भण्डार रहेकाले यसको संरक्षणका लागि थप सार्थक प्रयास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
सभामुख मण्डलले नेपालको कूल भूभागमध्ये १२.७२ प्रतिशत चुरे भएकाले यसको संरक्षण गरी हराभरा बनाए करोडौँ मानिसलाई स्वच्छ जल तथा अक्सिजन दिन सक्ने साथै कृषि उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो ।
जनता समाजवादी पार्टी मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले चुरे नेपालको जीवन रेखा भएकाले यसको संरक्षणमा नेपाल सरकार गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका निमित्त वन निर्देशक सुजित कुमार झाले चुरेको संरक्षणका लागि चुरे क्षेत्रका स्थानीयबासी गम्भीर बनेर यसको संरक्षणमा अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।
चुरे वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा चुरेको संरक्षण तथा संवर्द्धनमा पटक पटक समाचार सङ्कलन तथा सम्प्रेषण गरेर जागरूकता फैलाउने काम गर्नुभएका रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झा, गोरखापत्र दैनिकका समाचारदाता विजय साह, कान्तिपुरका अमरकान्त ठाकुर सहितका सञ्चारकर्मीहरूलाई सभामुख रामचन्द्र मण्डलले सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो ।
साभार : रेडियो नेपाल
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
23 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
23 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह