
बेटीरोटीको नातामा चिसोपना बढेको भन्दै भारतीय महिला प्रतिनिधीहरु नेपालमा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । नेपाल भारतविच बेटीरोटिको नातामा चिसोपना पसेको भन्दै सीमावर्ती भारत मधुवनी जिल्लाकि महिलाहरुले चिन्ता व्यक्त गरेकि छिन । गाउ विकास मंचको आयोजनामा "जानकी जन संम्वाद" कार्यक्रम लिएर सितामढीका महिला प्रतिनिधी मंडलहरु शनिवार जनकपुरधाममा नेपाल भारत खुला सीमा सम्वाद समुहका प्रतिनिधीहरुसंग भेट गर्दै पहिलेको तुलनामा दुवै देशविच रहेको बैबाहिक सम्बन्धमा ह्रास भएकोमा किन्ता बक्त गर्दै दुबै तिरको नागरिक बिच यस बिषयमा छलफल हुनु पर्नेमा जोर दिएको छ।जनकपुरधामको रौनियार धर्मशालाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाले मंचका प्रतिनिधीहरुलाई स्वागत गर्दै नेपाल भारतमा रहेको बेटीरोटी नातामा आएको खटास केहि राजनीतिक दलको दुराभावनाको कारणले भएको वताए । नागरिकता समस्याको कारण माता सिता र भगवान राम कालको सम्बन्धमा खटास उत्पन्न भएको छ।यसका लागि सम्वाद समुहले आफनो तवरबाट नेपालमा पहल गर्दै आएको वताउदै भारतमा पनि मंचले नेपाल भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिनुपर्ने वताए ।सो कार्यक्रममा गाउ विकास मंचकि प्रतिनिधीहरुले परापुर्वकाल देखि नेपालको छोरी भारतमा र भारतकि छोरी नेपालमा वैवाहिक नातामा वाधिदै आएकोले नागरिकतामा देखिएको समस्या समाप्त हुनुपर्ने वताईन । दुवै देशले आफना बुहारीलाई विवाह पश्चात तुरुन्तै नागरिकता दिनुपर्ने प्रावधान ल्याएर बेटिरोटीको नातालाई कायम राख्नुपर्ने वताए ।सिमामा कुनै पनि बाधा अबरोध मान्य नहुने केही परे सीमामा वस्ने नागरिकसंग छलफल गरि अगाडी बढनुपर्नेमा महिला प्रतिनिधीहरुको जोड रहेको थियो ।कार्यक्रममा मंचकि प्रतिनिधीहरु रंजू कुमारी, सीमा वर्मा,अंशु कुमारी प्रिया कुमारी, गुडिया कुमारी, आभा रानी, मुस्कान कुमारी, मोनिका झा, नेहा झा, पल्लवी कुमारी ,अरुणा कुमारी, रुस्तम आजाद ,नागेंद्र प्रसाद सिंह,भारतीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
3 घन्टा पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
18 घन्टा पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
18 घन्टा पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले