Janakpurdham
Wed, Aug 05, 2026
`

मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत १२ गते । मङ्गलवार बिहान ११ बजे बस्ने भनिएको मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेशसभामा सत्तापक्ष र विपक्षी दलबीच उत्पन्न विवादको समाधान खोज्न  आज बिहान बसेको सर्वदलीय बैठकमा दलहरूका बीचमा सहमति नभएपछि अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

मधेश प्रदेश सभामा रहेका विपक्षी दल नेकपा माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि लगाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटि सहितको विषयमा छानबिनको माग गर्दै बैठक नै अवरुद्ध बनाएका थिए । 

विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह तथा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश सरकार माथि विभिन्न योजनाहरू माथि अनियमितता गरिरहेको भन्दै छानबिनका लागि समितिको गठनको माग गरेका थिए । 

नेकपा एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बैठकमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको जानकारी दिनु भयो । उहाँले विपक्षीले उठाएको मुद्दामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु पर्ने र त्यसपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने धारणा राख्नु भयो । 

मुख्यमन्त्री सतिशकुमार सिंहले पनि प्रदेश सभामा विपक्षीहरूले लगाएको आरोपको जवाफ दिने अवसर दिनुपर्ने र त्यसपछि मात्र छानबिन समिति गठन गर्न आफूहरू तयार रहेको नेकपा एमालेका संसदीय दलका नेता यादवले बताउनु भयो । 

आज बिहान मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा सत्तारुढ दल तथा विपक्षी दलहरूको सहभागितामा भएको बैठकमा पनि कुनै ठोस निर्णय नभएपछि बैठक अवरुद्ध भएका थिए । विपक्षी तथा सत्तारुढ दल आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्ष विहीन बनेका छन् । 

बैठकमा प्रदेश सभामा रहेका अधिकांश दलका नेता तथा प्रमुख सचेतकहरू सहभागी रहनु भएका थिए ।  


साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

22 मिनट पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

23 मिनट पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले