Janakpurdham
Sat, May 24, 2025
`

मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत १२ गते । मङ्गलवार बिहान ११ बजे बस्ने भनिएको मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेशसभामा सत्तापक्ष र विपक्षी दलबीच उत्पन्न विवादको समाधान खोज्न  आज बिहान बसेको सर्वदलीय बैठकमा दलहरूका बीचमा सहमति नभएपछि अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

मधेश प्रदेश सभामा रहेका विपक्षी दल नेकपा माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि लगाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटि सहितको विषयमा छानबिनको माग गर्दै बैठक नै अवरुद्ध बनाएका थिए । 

विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह तथा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश सरकार माथि विभिन्न योजनाहरू माथि अनियमितता गरिरहेको भन्दै छानबिनका लागि समितिको गठनको माग गरेका थिए । 

नेकपा एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बैठकमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको जानकारी दिनु भयो । उहाँले विपक्षीले उठाएको मुद्दामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु पर्ने र त्यसपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने धारणा राख्नु भयो । 

मुख्यमन्त्री सतिशकुमार सिंहले पनि प्रदेश सभामा विपक्षीहरूले लगाएको आरोपको जवाफ दिने अवसर दिनुपर्ने र त्यसपछि मात्र छानबिन समिति गठन गर्न आफूहरू तयार रहेको नेकपा एमालेका संसदीय दलका नेता यादवले बताउनु भयो । 

आज बिहान मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा सत्तारुढ दल तथा विपक्षी दलहरूको सहभागितामा भएको बैठकमा पनि कुनै ठोस निर्णय नभएपछि बैठक अवरुद्ध भएका थिए । विपक्षी तथा सत्तारुढ दल आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्ष विहीन बनेका छन् । 

बैठकमा प्रदेश सभामा रहेका अधिकांश दलका नेता तथा प्रमुख सचेतकहरू सहभागी रहनु भएका थिए ।  


साभार : रेडियो नेपाल

`
12 comments
देशभर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १० गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएक..

4 घन्टा पहिले

भूमि विधेयकबारे कांग्रेसले भन्यो- केही बुँदाहरूमा संशो..

  काठमाडौं, जेठ ९ गते । सत्तारुढ दल नेपाली कांग्रेसले भूमि विधेयकका केही बुँदाहरू संशोधन गर्नुपर्ने निष्कर्ष ..

4 घन्टा पहिले

मधेशमा अपराधको मुख्य जड बन्यो लागूऔषध : गृहमन्त्री लेखक

जनकपुरधाम, जेठ ९ गते ।  गृहमन्त्री रमेश लेखकले लागूऔषधकै कारण मधेशमा अपराध बढेको तथा सुरक्षा चुनौती थपिएको बताए..

4 घन्टा पहिले

हरवाचरवाको माग समेट्न माग: मुक्त हरवाचरवा मंचको सरकारला..

जनकपुरधाम, जेठ ९ गते ।  मुक्त हरवाचरवा अधिकार मंचले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गर्ने ..

4 घन्टा पहिले

जनमत पार्टीले मधेस सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोला..

काठमाडौं, जेठ ८ : जनमत पार्टीले मधेस सरकारका दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।  सिके राउत नेतृ..

2 दिन पहिले