Janakpurdham
Thu, Oct 16, 2025
`

कसैले रहर गर्दैमा गणतन्त्र हट्दैन: देउवा

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नजाने बताएका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा  उक्त भनाई राखेका हुन् ।

कार्यक्रममा देउवाले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं। जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन । गणतन्त्र हट्नेवाला छैन । कसैले आशा नगरे हुन्छ ।’

साथै, देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको बताउँदै यस्तो व्यवस्था हट्न नसक्ने भनाई पनि राखे ।

देउवाले बीपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोटसहित आन्दोलन अघि बढाएको र आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था ल्याएको भनाई समेत राखे ।

लडेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएको बताउँदै  देउवाले भने, ‘कसैले रहर गरेर हुने कुरा छैन।’ 

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

8 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

8 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले