Janakpurdham
Mon, Sep 21, 2026
`

नेपाली कांग्रेस कमला नगरपालिका-९ को पार्टी कार्यालय उद्घाटन तथा वडा सम्मेलन सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत १७ गते ।  नेपाली कांग्रेस कमला नगरपालिका वडा नं. ९ को पार्टी कार्यालय उद्घाटन तथा संगठन विस्तार वडा सम्मेलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वडा सभापति राजा राम मण्डल गर्नुभएको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति नबिन कुमार गोहिवार रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा कमला नगरपालिकाका पूर्व नगर प्रमुख एवं जिल्ला सदस्य राम उदगार गोईत, नेपाल शिक्षक संघ मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष रामकृष्ण मंडल , क्षेत्रीय सचिव महेश कुमार गोईत, सहसचिव धर्मनाथ मंडल, क्षेत्रीय सदस्य सत्य नारायण यादव, राम सौगारथ मंडल, प्रदेश सभा २(१) का उपसभापति बिरेन्द्र प्रसाद यादव, सचिव मनोहर ठाकुर, सदस्य राम नगिना साह, कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मन्डल, कमला न.पा. सभापति शिव शंकर यादव, सचिव त्रिभुवन यादव लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, आगामी रणनीति, स्थानीय विकास तथा जनसमस्याका विषयमा विस्तृत छलफल गरिएको थियो। उपस्थित अतिथिहरूले पार्टी संगठनलाई अझ सशक्त बनाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए। यसै अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशी कार्यकर्ताहरूलाई पार्टी नेताहरूले स्वागत गर्दै नेपाली कांग्रेसको विचारधारा तथा संगठन सुदृढीकरणका लागि उनीहरूको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

23 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

23 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले