
नेपाली कांग्रेस कमला नगरपालिका-९ को पार्टी कार्यालय उद्घाटन तथा वडा सम्मेलन सम्पन्न
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, चैत १७ गते । नेपाली कांग्रेस कमला नगरपालिका वडा नं. ९ को पार्टी कार्यालय उद्घाटन तथा संगठन विस्तार वडा सम्मेलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वडा सभापति राजा राम मण्डल गर्नुभएको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति नबिन कुमार गोहिवार रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा कमला नगरपालिकाका पूर्व नगर प्रमुख एवं जिल्ला सदस्य राम उदगार गोईत, नेपाल शिक्षक संघ मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष रामकृष्ण मंडल , क्षेत्रीय सचिव महेश कुमार गोईत, सहसचिव धर्मनाथ मंडल, क्षेत्रीय सदस्य सत्य नारायण यादव, राम सौगारथ मंडल, प्रदेश सभा २(१) का उपसभापति बिरेन्द्र प्रसाद यादव, सचिव मनोहर ठाकुर, सदस्य राम नगिना साह, कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मन्डल, कमला न.पा. सभापति शिव शंकर यादव, सचिव त्रिभुवन यादव लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, आगामी रणनीति, स्थानीय विकास तथा जनसमस्याका विषयमा विस्तृत छलफल गरिएको थियो। उपस्थित अतिथिहरूले पार्टी संगठनलाई अझ सशक्त बनाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए। यसै अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशी कार्यकर्ताहरूलाई पार्टी नेताहरूले स्वागत गर्दै नेपाली कांग्रेसको विचारधारा तथा संगठन सुदृढीकरणका लागि उनीहरूको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
8 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
8 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
1 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
1 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले