Janakpurdham
Thu, Oct 16, 2025
`

लोसपा मधेश प्रदेशको संसदीय दलका नेतामा जैनुल राईन

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत २५ गते ।  लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेतामा जयनुल राईन चयन हुनु भएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले उहाँलाई संसदीय दलको नेताको जिम्मेवारी दिनु भएको हो । सोमबार अध्यक्ष ठाकुरले हस्ताक्षर गर्नु भएको पत्र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पठाउँदै राईनलाई पार्टीको संसदीय दलका नेता बनाउनु भएको जानकारी गराइएको हो ।

यसअघि लोसपा संसदीय दलका नेता रहनु भएका अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले मधेस आन्दोलनको क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विक हत्या काण्डमा दोषी ठहर गरेपछि शर्मालाई प्रदेशसभाले गत वैशाख २१ गते बर्खास्त गरेको थियो ।

करिब १ वर्षसम्म लोसपा संसदीय दलका नेताको पद रिक्त रहेका थिए । महोत्तरीबाट दुई पटक पार्टीबाट निर्वाचित हुनु भएका राईन मुस्लिम समुदायका अगुवा नेता पनि रहनु भएको छ । सभामुख मण्डललाई मधेश प्रदेशका सभामुख मण्डललाई आफ्नै कार्यकक्षमा स्वागत गर्नु भएको थियो ।  


साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

4 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

4 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले