Janakpurdham
Thu, Oct 16, 2025
`

‘उत्तर प्रदेशका मुख्यमन्त्री सँगको भेट जनकपुरधामको पर्यटन प्रवर्द्धनमा केन्द्रित’

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत २७ गते । मधेश प्रदेश सभामा प्रमुख प्रतिपक्षी सहित अन्य दलहरूले प्रदेश सभामा गर्दै आएको अवरोध मुख्यमन्त्री सतिश अन्य मन्त्रीहरूले प्रदेश सभाको आज बसेको बैठकमा जवाफ दिएपछि प्रदेश सभाको गतिरोध अन्त्य भएको छ ।

प्रदेश सभामा जवाफ दिँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो उत्तर प्रदेशको भ्रमण व्यक्तिगत एवं पारिवारिक भएको बताउनुभएको छ । उहाँले आफू आफन्त भेट्नका लागि कपिलवस्तु गएको बेलामा केही मिनटको दूरीमा भारतको उत्तर प्रदेशको भूगोलमा पर्ने एक मन्दिरको उद्घाटनमा आउनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट भएको र त्यस क्रममा जनकपुरधामको धार्मिक विकासका विषयमा कुरा भएको बताउनुभयो ।

मुख्यमन्त्रीले जनकपुरधामलाई अयोध्यासँग जोडेर जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग आदानप्रदान गर्ने विषयमा कुरा भएको बताउनुभयो । 

अयोध्यामा दर्शनका लागि आउने १३ करोड पर्यटकमध्ये १५.२० प्रतिशत पर्यटक जनकपुरधाम ल्याउने विषयमा कुरा भएको मुख्यमन्त्री सिंहले बताउनुभयो । 

यस अघि मधेश प्रदेश सभामा अर्थ मन्त्रालयसँग उठेको विषयमा अर्थमन्त्री सुनिल यादवले जवाफ दिनुभएको थियो भने भौतिक पूर्वाधार विकास मन्त्रालयको विषयमा उठेको जिज्ञासा तथा आरोपको विषयमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जवाफ दिनुभएको थियो । 


साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

4 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

4 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले