Janakpurdham
Mon, Jul 14, 2025
`

यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

बारा, चैत ३० : गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन्।  

शनिबार सिमरामा भएको तराई यातायात व्यवसायी संघको १८औँ वार्षिक साधारण सभामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताए।

उनले कृषि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरतालगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताए।

‘सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती, यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झन्झटलगायतका धेरै समस्या र सवालहरु छन्,’ मन्त्री लेखकले भने, ‘तपाईंहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ।’ 

यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाइ थियो। 
यातायात व्यवसायीहरुले भाडादरमा पारदर्शिता अभाव, सेवाको गुणस्तरमा कमी, यात्रु सुरक्षामा लापरवाही, हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ,’ उनले भने।

गृहमन्त्री लेखकले आफू २०६३ सालदेखि कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए । 

साभार ः काठमाडौं प्रेस

`
12 comments
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

19 घन्टा पहिले

‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’

काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..

19 घन्टा पहिले

‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

2 दिन पहिले

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पता..

झापा, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने ब..

2 दिन पहिले

खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्र..

ललितपुर, असार २६ : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय ..

3 दिन पहिले