आगामी सरकार काँग्रेसको नेतृत्वमा बन्ने : प्रवक्ता डा.महत
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूको पक्षमा मुलुकभरि जनलहर देखिएकाले आगामी सरकार काँग्रेसको नेतृत्वमा बन्ने पक्का भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले काँग्रेसले कुरा कम गर्ने तर काम बढी गर्ने पार्टी भएकाले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतदेखि नै विकास निर्माणको काममा गति दिनुका साथै जनताको जनजीविकाको पक्षमा काम गरेको बताउनुभयो । उहाँले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा नेकपा एमालेका अवरोधका कारणले लागु गर्न नसकेको बताउँदै काँग्रेसको नेतृत्वमा बन्ने अगामी सरकारले नागरिकता समस्याको समाधान गर्ने बताउनुभयो ।
प्रवक्ता डा.महतले मुलुकलाई तोड्ने तथा बिगार्ने शक्तिको पक्षमा नेपाली जनता नभएको भन्नुहुँदै काँग्रेसले मुलुक तथा जनतालाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले वर्तमान संविधानको रक्षा गर्दै संविधानको कमी कमजोरीहरूलाई संशोधन गरी संविधानको परिमार्जनको पक्षमा पार्टी भएको समेत बताउनुभयो । उहाँले कोरोना महामारीको समयमा मुलुक अस्तव्यस्त बनेको बेला कमिसनमा कुरा नमिलेपछि समयमा खोप खरिद नभएका कारणले धेरै जनताले अनाहकमा ज्यान गुमाउनुपरेको बताउँदै काँग्रेस नेतृत्वमा सरकार बनेपछि खोप खरिद भएर जनताको जीउ धनको रक्षा गरेको दाबी गर्नुभयो । काँग्रेसका प्रवक्ता डा. महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई वर्तमान गठबन्धन सरकार बनेपछि सुधार गरेर समानताको आधारमा सन्तुलित बनाउने काम गरेको बताउनुभयो । साभार : रेडियो नेपाल
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
21 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
21 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
2 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
2 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
3 दिन पहिले