
मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना
3 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,बैशाख २ गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिनुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रायःजसो धार्मिक तथा सांस्कृतिक पर्व प्राकृतिक परिवर्तन र पर्यावरण संरक्षणसँग सम्बन्धित रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “हाम्रो धार्मिक कृत्य नै प्रकृति प्रधान र ऋतुपे्ररित रहँदै आएको छ । ऋतुअनुसारको जीवनशैली नै मानवजीवनलाई सुसङ्गत तथा सार्थक तुल्याउने छ ।”
जुडशीतल सिरुवा पर्वले पर्यावरण संरक्षण तथा भूमण्डलीय उष्णता न्यूनीकरणको परम्परागत चेतना, ज्ञान र विधिलाई पुस्ता दर पुस्ता हस्तान्तरण गर्दै आएको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “जलवायु परिवर्तन, ग्रिनहाउस ग्यासको प्रभाव, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता पर्यावरणीय मुद्दा चुनौती बनिरहेका बेला अत्यन्त सूक्ष्म तथा व्यावहारिक तवरले सबै खालका पर्यावरण तथा तिनका संरचना संरक्षणप्रति जुडशीतल सिरुवा पर्वले दायित्वबोध गराउँदै आएको छ । गर्मीको प्रभावबाट जोगिन आहार र व्यवहार दुवैमा परिवर्तन गर्नुपर्ने तथा प्राणी र वनस्पति दुवैमा समान अस्तित्वको स्वीकारोक्तिका साथ प्रकृतिको संरक्षण प्रयासमा सहभागी हुनुपर्नेजस्ता सन्देश प्रवाहित गर्ने यो पर्वका सबै विधिमा पारिस्थितिकीय प्रणाली र जैविक विविधताप्रति सचेतना अपनाउने चेष्टा अन्तर्निहित रहेको छ ।”
मुख्यमन्त्रीले शुभकामना सन्देशका आफ्ना ज्येष्ठ मान्यजनबाट टाउकोमा चिसो पानी थापेर आशीर्वाद ग्रहण गर्ने, रुख बिरुवामा जल सिञ्चन, जलका स्रोतहरूको सरसफाइलगायत उद्धार कार्य तथा हिलो माटो खेल्ने यो पर्वको वैज्ञानिक अर्थ र महत्वलाई अनुशीलन गर्ने विवेक एवं शक्ति प्राप्त होस् भन्ने कामनासमेत उल्लेख गर्नुभएको छ ।
साभार : रेडियो नेपाल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
2 घन्टा पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
2 घन्टा पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
1 दिन पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
1 दिन पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
2 दिन पहिले