मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,बैशाख २ गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिनुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रायःजसो धार्मिक तथा सांस्कृतिक पर्व प्राकृतिक परिवर्तन र पर्यावरण संरक्षणसँग सम्बन्धित रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “हाम्रो धार्मिक कृत्य नै प्रकृति प्रधान र ऋतुपे्ररित रहँदै आएको छ । ऋतुअनुसारको जीवनशैली नै मानवजीवनलाई सुसङ्गत तथा सार्थक तुल्याउने छ ।”
जुडशीतल सिरुवा पर्वले पर्यावरण संरक्षण तथा भूमण्डलीय उष्णता न्यूनीकरणको परम्परागत चेतना, ज्ञान र विधिलाई पुस्ता दर पुस्ता हस्तान्तरण गर्दै आएको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “जलवायु परिवर्तन, ग्रिनहाउस ग्यासको प्रभाव, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता पर्यावरणीय मुद्दा चुनौती बनिरहेका बेला अत्यन्त सूक्ष्म तथा व्यावहारिक तवरले सबै खालका पर्यावरण तथा तिनका संरचना संरक्षणप्रति जुडशीतल सिरुवा पर्वले दायित्वबोध गराउँदै आएको छ । गर्मीको प्रभावबाट जोगिन आहार र व्यवहार दुवैमा परिवर्तन गर्नुपर्ने तथा प्राणी र वनस्पति दुवैमा समान अस्तित्वको स्वीकारोक्तिका साथ प्रकृतिको संरक्षण प्रयासमा सहभागी हुनुपर्नेजस्ता सन्देश प्रवाहित गर्ने यो पर्वका सबै विधिमा पारिस्थितिकीय प्रणाली र जैविक विविधताप्रति सचेतना अपनाउने चेष्टा अन्तर्निहित रहेको छ ।”
मुख्यमन्त्रीले शुभकामना सन्देशका आफ्ना ज्येष्ठ मान्यजनबाट टाउकोमा चिसो पानी थापेर आशीर्वाद ग्रहण गर्ने, रुख बिरुवामा जल सिञ्चन, जलका स्रोतहरूको सरसफाइलगायत उद्धार कार्य तथा हिलो माटो खेल्ने यो पर्वको वैज्ञानिक अर्थ र महत्वलाई अनुशीलन गर्ने विवेक एवं शक्ति प्राप्त होस् भन्ने कामनासमेत उल्लेख गर्नुभएको छ ।
साभार : रेडियो नेपाल
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
22 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
22 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह