Janakpurdham
Mon, Sep 21, 2026
`

गणतन्त्र सुदृढीकरण अभियानको नेतृत्व नेविसङ्घले गर्नुपर्छ : नेता निधि

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,वैशाख ६ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा नेपाल विद्यार्थी सङ्घको ठूलो भूमिका रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि यसै सङ्गठनले अगुवाइ गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल विद्यार्थी सङ्घको ५६ औँ स्थापना दिवसको अवसरमा आज जनकपुरधामको राराब क्याम्पसमा आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै उहाँले नेपाल विद्यार्थी सङ्घमा भएका विद्यार्थीहरू मुलुकका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भएको र नेपाल विद्यार्थी संघ खुल्ला विश्व विद्यालय भएको बताउनुभयो । 

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मूलभूत मान्यता विपरीतका गतिविधि निस्तेज बनाउन पनि नेपाल विद्यार्थी सङ्घले निरन्तर रुपमा खबरदारी गर्न जरुरी रहेको बताउनुभयो । 

नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त भएको संघीय गणतन्त्रको विकल्प अरू कुनै तन्त्र नभएको बताउँदै यसको सुदृढीकरणका लागि नेपाल विद्यार्थी सङ्घले अगुवाइ गर्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल विद्यार्थी संघ धनुषाका जिल्ला अध्यक्ष सुजित यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं प्रदेश सभाका सदस्य रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, प्रतिनिधि सभाका सदस्य रामकृष्ण यादव तथा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार सहितका वक्ताहरूले नेपाल विद्यार्थी सङ्घले मुलुकमा भएको हरेक परिवर्तनमा अगुवाइ गरेको संस्था भएको बताउनुभयो । 


साभार : रेडियो नेपाल

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

22 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

22 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले