
गणतन्त्र सुदृढीकरण अभियानको नेतृत्व नेविसङ्घले गर्नुपर्छ : नेता निधि
6 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,वैशाख ६ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा नेपाल विद्यार्थी सङ्घको ठूलो भूमिका रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि यसै सङ्गठनले अगुवाइ गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घको ५६ औँ स्थापना दिवसको अवसरमा आज जनकपुरधामको राराब क्याम्पसमा आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै उहाँले नेपाल विद्यार्थी सङ्घमा भएका विद्यार्थीहरू मुलुकका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भएको र नेपाल विद्यार्थी संघ खुल्ला विश्व विद्यालय भएको बताउनुभयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मूलभूत मान्यता विपरीतका गतिविधि निस्तेज बनाउन पनि नेपाल विद्यार्थी सङ्घले निरन्तर रुपमा खबरदारी गर्न जरुरी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त भएको संघीय गणतन्त्रको विकल्प अरू कुनै तन्त्र नभएको बताउँदै यसको सुदृढीकरणका लागि नेपाल विद्यार्थी सङ्घले अगुवाइ गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल विद्यार्थी संघ धनुषाका जिल्ला अध्यक्ष सुजित यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं प्रदेश सभाका सदस्य रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, प्रतिनिधि सभाका सदस्य रामकृष्ण यादव तथा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार सहितका वक्ताहरूले नेपाल विद्यार्थी सङ्घले मुलुकमा भएको हरेक परिवर्तनमा अगुवाइ गरेको संस्था भएको बताउनुभयो ।
साभार : रेडियो नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
4 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
4 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
1 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
1 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले