Janakpurdham
Thu, Oct 15, 2026
`

अम्बेडर पार्क सलहेश फूलबारीबाट अन्यत्रै सार्न मधेशका मुख्यमन्त्रीसमक्ष ज्ञापन

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख २८ गते । सिरहाको लहान नगरपालिका- १२ स्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारी नजिकै निर्माण गर्न लागिएको भीमराव अम्बेडकर पार्क स्थानान्तरण गर्न सलहेश फूलबारी संरक्षण संघर्ष समितिले मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

समितिका मधेश प्रदेश संयोजक मोहन पासवान नेतृत्वको टोलीले मधेश भवन पुगेर मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापनपत्र बुझाएर यस्तो माग गरेको हो ।

मुख्यमन्त्री सिंहलाई समितिले बुझाएको ज्ञापनपत्रमा सलहेश फूलबारीसँगै निर्माण गर्न लागिएको अम्बेडर पार्क सर्वस्वीकार्य ठाउँमा कम्तीमा १० कट्ठा बढी जग्गामा स्थानान्तरण गर्नुपर्नेसहितका ९ बुँदै माग राखेको छ ।

सलहेश फूलबारीसँगै टाँसिएको १० धुर जग्गामा मधेश सरकारले भारतीय नेता स्व. भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्न लागेको छ । जीतेन्द्रसिंह धामीले दान दिएको जग्गामा अम्बेडकर पार्क निर्माण गर्न मधेश सरकारले ८० लाख बजेट दिएको छ ।

 

पार्कको शिलान्यास मधेशका मुख्यमन्त्री सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १५ मा गरेका थिए । अम्बेडकर पार्कको शिलान्यास भएपछि विरोध भएको थियो ।

फाइल तस्बिर

राजा सलहेशको गाथा र वीरतासँग जोडिएको ऐतिहासिक तथा धार्मिक सलहेश फुलबारीको इतिहास मेट्न षड्यन्त्र गरेको भन्दै पार्क निर्माणको विरोध पासवान समुदायले गरेको छ । राजा सलहेश पासवान समुदायको कुल देवता हुन् । त्यसैले सो समुदाय सलहेश फूलबारीको संरक्षण गर्न समिति बनाएर संगठित बनेको छ ।

समितिले बाबा साहेब डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै अम्बेडकरको नाममा देशभर पार्क निर्माण हुनु स्वागतयोग्य रहे पनि सलहेश फूलबारी जस्तो विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील भएको ठहर गरेको छ ।

समितिले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘सलहेश फूलबारी पासवान समुदायको आस्था बोकेको स्थल नजिकै डा. भीमराव अम्बेडर पार्क बनाउनु हाम्रो संवैधानिक हकको हनन् भएको हाम्रो ठम्याइ छ ।’

समितिले सलहेश फूलबारीमा प्रतिकूल असर पर्ने अन्य कुनै किसिमको निर्माणमा पूर्ण रोक लगाउन र सलहेश फूलबारी, सलहेश अखडा, मानिक दह, पकडियागढ र महिसोथा गढ जोड्ने गरी सलहेश सर्किट निर्माण गर्न माग गरेको छ ।

यस्तै सलहेशसँग जोडिएको सम्पूर्ण अतिक्रमित क्षेत्रलाई स्पष्ट नक्सासहित सीमांकन गरी सरकारी स्वामित्वको रुपमा अभिलेख गर्न र सलहेश क्षेत्र संरक्षण विकास कोष स्थापना गर्न पनि समितिको माग राखेको छ ।

सलहेश फूलबारी क्षेत्रमा कुनै पनि किसिमको अतिक्रमण वा भावनात्मक हस्तक्षेप स्वीकार्य नहुने समितिले जनाएको छ । समितिले राखेको मागहरु पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिएको छ ।
 

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

22 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

22 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले