Janakpurdham
Thu, Oct 16, 2025
`

भूमि विधेयक असंवैधानिक भएको संघीय लोकतान्त्रिक मोर्चाको निष्कर्ष

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ७ : मधेशकेन्द्रित दलहरू संलग्न संघीय लोकतान्त्रिक मोर्चाले भूमि सम्बन्धी विधेयक असंवैधानिक भएको निश्कर्ष निकालेको छ।

बुधबार बसेको मोर्चाको बैठकले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी विधेयक ल्याइएको निश्कर्षसहित अवैध रहेको निश्कर्ष निकालेको हो। विधेयकले भूमिहीन र सुकुम्बासी समस्याको समाधान गर्न नसक्ने मोर्चाले बताएको छ। 

बैठकपछि मोर्चाको निर्णयमा उल्लेख छ, ‘विधेयक रियल स्टेट, भू-माफिया, भूमि दलाल, भ्रष्टाचारी, वन तस्कर आदिलाई अत्यधिक लाभ पुग्ने गरी ल्याइएको छ। यसबाट वनजंगल विनाश भई पर्यावरण संकट उत्पन्न हुने र जैविक विविधता नष्ट भई तराई÷मधेश मरुभूमिकरण हुने, तराई÷मधेशमा आन्तरिक बसाइँसराइँका कारण अत्यधिक जनसंख्या वृद्धि भई भयावह स्थिति उत्पन्न हुनेछ।’ 

उक्त विधेयक फिर्ता गर्न समेत मोर्चाले सरकारसँग अनुरोध गरेको छ ।


साभार : काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

8 मिनट पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

10 मिनट पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले