
देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ : गृहमन्त्री लेखक
5 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,जेठ १० गते । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकार गठन भएको १० महिनाको छोटो अवधिमा देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तनको असर देखिन थालेको बताउनुभएको छ ।
नेपाली काँग्रेस मधेस प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको विशेष बैठकमा गृहमन्त्री लेखकले देशबाट ठुलो मात्रामा नेपाली उत्पादन निर्यात भएर रेकर्ड विट हुनुका साथै मुलुकको शान्ति सुरक्षामा सुदृढ बनेको बताउनुभयो ।
उहाँले मधेस प्रदेशमा मधेसलाई राम्रोसँग बुझेको मधेसीमूलका प्रहरी प्रमुख पठाइएको बताउनुभयो । उहाँले यसै अवधिमा द्वन्द्वकालीन विषयहरूको निरूपण गर्नका लागि सत्य निरूपण तथा मेल मिलाप आयोगको गठन पनि भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले मधेस प्रदेशको राजधानीमा मधेस भरिका चारै सुरक्षा निकायका प्रमुख तथा केन्द्रका सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा प्रदेश स्तरीय सुरक्षा बैठक जनकपुरधाममा गरेर मधेसको समग्र सुरक्षाका विषयमा गहन समीक्षा गरिएको बताउनुभयो ।
उहाँले जनकपुरधाम नेपालको सभ्यता संस्कृतिमा निक्कै समृद्ध र महत्त्व बोकेको ऐतिहासिक भूमि रहेको उल्लेख गर्नुहुँदै यो ठाउँ राजनीतिक चेतनाको दृष्टिकोणले पनि उर्वर भूमि रहेको बताउनुभयो ।
काँग्रेसका नेता लेखकले नेपालका प्रमुख दुई परस्पर राजनीतिक प्रतिस्पर्धी दलका बीचमा बनेको वर्तमान सरकारको विशिष्ट महत्त्व भएको भन्नुहुँदै काँग्रेससँग भएको सहमतिको आधारमा सरकारको परिवर्तन हुने बताउनुभयो ।
उहाँले मधेस प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने विषयमा पार्टीले नयाँ सिराबाट सहमति र सम्झौता गर्ने विषयमा केन्द्रीय नेतृत्वमा कुरा राखेर छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
साभार : रेडियो नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
13 मिनट पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
15 मिनट पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
1 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
1 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले