देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ : गृहमन्त्री लेखक
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ १० गते । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकार गठन भएको १० महिनाको छोटो अवधिमा देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तनको असर देखिन थालेको बताउनुभएको छ ।
नेपाली काँग्रेस मधेस प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको विशेष बैठकमा गृहमन्त्री लेखकले देशबाट ठुलो मात्रामा नेपाली उत्पादन निर्यात भएर रेकर्ड विट हुनुका साथै मुलुकको शान्ति सुरक्षामा सुदृढ बनेको बताउनुभयो ।
उहाँले मधेस प्रदेशमा मधेसलाई राम्रोसँग बुझेको मधेसीमूलका प्रहरी प्रमुख पठाइएको बताउनुभयो । उहाँले यसै अवधिमा द्वन्द्वकालीन विषयहरूको निरूपण गर्नका लागि सत्य निरूपण तथा मेल मिलाप आयोगको गठन पनि भएको बताउनुभयो ।

गृहमन्त्री लेखकले मधेस प्रदेशको राजधानीमा मधेस भरिका चारै सुरक्षा निकायका प्रमुख तथा केन्द्रका सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा प्रदेश स्तरीय सुरक्षा बैठक जनकपुरधाममा गरेर मधेसको समग्र सुरक्षाका विषयमा गहन समीक्षा गरिएको बताउनुभयो ।
उहाँले जनकपुरधाम नेपालको सभ्यता संस्कृतिमा निक्कै समृद्ध र महत्त्व बोकेको ऐतिहासिक भूमि रहेको उल्लेख गर्नुहुँदै यो ठाउँ राजनीतिक चेतनाको दृष्टिकोणले पनि उर्वर भूमि रहेको बताउनुभयो ।
काँग्रेसका नेता लेखकले नेपालका प्रमुख दुई परस्पर राजनीतिक प्रतिस्पर्धी दलका बीचमा बनेको वर्तमान सरकारको विशिष्ट महत्त्व भएको भन्नुहुँदै काँग्रेससँग भएको सहमतिको आधारमा सरकारको परिवर्तन हुने बताउनुभयो ।
उहाँले मधेस प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने विषयमा पार्टीले नयाँ सिराबाट सहमति र सम्झौता गर्ने विषयमा केन्द्रीय नेतृत्वमा कुरा राखेर छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
साभार : रेडियो नेपाल

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
20 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
20 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह