Janakpurdham
Thu, Sep 04, 2025
`

शिक्षकहरूसँगको सहमतिप्रति प्रतिबद्ध छौं, तर आर्थिक बोझलाई ध्यान दिन्छौं : शिक्षामन्त्री

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ११ : प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ। 

आइतबार बसेको समितिको बैठकले शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो। छलफलमा बोल्दै शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौं बुँदे सहमति कार्यान्वनमा आफू प्रतिबद्ध रहेको बताए।

उनले शिक्षक महासंघमा प्रतिनिधिहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएकाले आफ्नो प्रतिबद्धता भनेको नौ बुँदे प्रतिवद्धता भएको बताए।

‘मैले गरेको नौ बुँदे सहमतिलाई कार्यान्वयन गर्न म प्रतिवद्ध छु। सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिवद्धता हो। यसमा सत्ता गठबन्धन दलहरुको सबैको प्रतिवद्धता छ र स्वयम प्रधानमन्त्रीज्यूको पनि छ। नौ बुँदे सहमतिको हकमा प्रतिवद्धता छ तर अहिले सवाल नौ बुँदेको मात्रै होइन,’ शिक्षामन्त्री पन्तले भने, ‘शिक्षक महासंघमा साथीहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइराख्नु भएको छ। स्वभाविक रुपमा त्यसमा पनि  छलफल गर्छौं। तर मेरो  कमिटमेण्ट भनेको नौ बुँदे प्रतिवद्धता हो। नौ बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने हो।’ 

साथै उनले आर्थिक बोझ पार्ने मागहरु यसैपाली यसरकारले बहन गर्न नसक्ने बताए। उनले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ नरहेको बताए।

‘आर्थिक बोझ पार्ने मागहरु यसैपाली यही सरकारले बहन गर्न सक्दैन। हाम्रो अर्थतन्त्रले, आयस्रोतले गर्न सक्दैन। हामीले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ छैन,’ उनले भने। 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
"अस्पताल विकास समितिमा कर्मचारी युनियन गठन"

जनकपुरधाम, भदौ १९ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड..

15 घन्टा पहिले

नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने ..

काठमाडौँ ,भदौ १८ गते । प्रतिनिधिसभाको आजको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभा..

17 घन्टा पहिले

मेधावी विद्यार्थीलाई आकर्षित गर्न “विद्यार्थी माझ लोक ..

जनकपुरधाम ,भदौ १८ गते । सार्वजनिक प्रशासनलाई सक्षम तथा सबल बनाउनका लागि लोकसेवा आयोगले विभिन्न विश्व विद्यालय..

17 घन्टा पहिले

राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा ..

काठमाडौं, भदौ १७ : राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको सभाको बैठ..

2 दिन पहिले

संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री ..

काठमाडौं, भदौ १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्रै सञ्चार क्षेत्रको का..

2 दिन पहिले