Janakpurdham
Sat, Oct 24, 2026
`

पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुरी छ : माधव नेपाल

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक ७ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई स्वार्थीहरूको खेल र पुराना दलले देशमा केही गरेनन् भनी फैलाइएको गलत भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने बताएका छन् ।

पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै शनिबार नेता नेपालले २०४७ साल यता वामपन्थी र कम्युनिस्ट नेतृत्वका सरकारहरूले देश र जनताका पक्षमा गरेका कामहरूको विस्तृत विवरणसहित जनतामाझ प्रकाशन गर्ने घोषणा समेत गरे।

पछिल्लो समय राजनीतिमा गलत कुराहरू धेरै प्रचारित भइरहेको र निजी स्वार्थ पूरा गर्ने माध्यमका रूपमा व्याख्या गरिएको उनले बताए । साथै, उनले शहीद र योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उठाउन, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त सुन्दर समाज निर्माणका लागि जीवन समर्पण गरेको स्मरण गराए ।

पुराना पार्टी र नेताहरूले देशमा केही पनि गरेनन् भनी निर्माण गरिएको भाष्यप्रति लक्षित गर्दै उनले मनोगत ढङ्गले आरोप लगाउनुको सट्टा तथ्य र प्रमाणमा बहस हुनुपर्नेमा जोड दिए ।

काम गर्ने क्रममा भएका कमी–कमजोरीको दलहरूले समीक्षा गर्नुपर्ने तर राम्रो कामको जस नदिने र अपजस मात्रै थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

‘एउटा भाष्य के छ भने, यी पुराना पार्टीहरूले केही पनि गरेनन्, यी पुराना नेताहरूले केही पनि गरेनन्, देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो, कति गलत हो—यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन, तथ्यगत रूपमा पुष्टि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विभिन्न समयमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ । हाम्रै पार्टीको तर्फबाट कमरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, म आफैंले पनि त्यसपश्चात प्रधानमन्त्री भएर देश हाँक्ने जिम्मेवारी पाएँ । संघ, प्रदेश र पालिकासम्म हाम्रा नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेर गरेका कामहरूको विवरण हामी छिट्टै प्रकाशित गर्नेछौँ । ०४७ सालयता कम्युनिस्टहरूले के–के जिम्मेवारी पूरा गरे भन्ने प्रश्नको जवाफ सिधै देख्न सकिने गरी ल्याउँछौँ । आज गरिएका जोखिमपूर्ण र राम्रा कामहरूलाई ढाकछोप गर्ने, चर्चा र जस दिन नचाहने तर अपजस मात्रै अरूको थाप्लोमा पार्ने प्रवृत्ति व्याप्त छ ।’

उनले राष्ट्रिय हित र देशको स्वाभिमानमाथि आँच पुर्याउने कुनै पनि कार्य पार्टीका लागि स्वीकार्य नहुने स्पष्ट पारे । राष्ट्रियताको मुद्दालाई सर्वोच्च प्राथमिकतामा राखेर जनतामा चेतना र जागरण फैलाउनकै लागि पार्टीले यो अभियान सुरु गरेको उनले जानकारी दिए ।

साभार : काठमाडौं प्रेस

`
12 comments
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसà..

काठमाडौं, कात्तिक  ७ : बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमि..

1 घन्टा पहिले

पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुर..

काठमाडौं, कात्तिक ७ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीà..

1 घन्टा पहिले

सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु

चन्दन ठाकुरमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ à¤..

12 घन्टा पहिले

साउदीमा ड्रोन आक्रमण : नेपाली नागरिकहरुको सुरक्षामा ध्यà..

काठमाडौं, कात्तिक ६ : साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नà¤..

12 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

4 दिन पहिले