सङ्घीयतापछि जनताको विकासको चाहना पुरा हुँदै: प्रधानमन्त्री ओली
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रदेशमा विकासको कामलाई तीव्र गतिमा गर्ने सम्भावना भएकाले ती सम्भावनाको खोजी र सही प्रयोग गर्न जरुरी रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत बन्ने कालोपत्रे सडकको आज जनकपुरधाममा डिजिटल शिलान्यास गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले शिलान्यास भएको मधेश प्रदेशका ६४ निर्वाचन क्षेत्रमा बन्ने ३२० किलो मिटरको कालोपत्रे समयमा र गुणस्तरीय रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले मुलुकमा सङ्घीयता आएपछि जनताको विकासको चाहना पुरा हुन थालेको बताउँदै विकासको काममा थप गति दिनका लागि तीनै तहका सरकारका बीचमा अधिकतम समन्वय तथा सहकार्यको खाँचो भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको समृद्धिका लागि सुनकोशी मरिन डाईभर्संनको समयमा निर्माण हुनु पर्नेमा ठेकेदारका कारणले ढिलाई भएर मूल्य बढाउने काम मात्र भइरहेकोले ठेक्का सम्झौता तोडेर काम गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिने पक्ष सरकार भएको बताउनु भयो । उहाँले सुनकोशी मरिन कमला डाईभसर्नको योजना पनि चाडै बढाउने पक्षमा रहेको बताउनु भयो ।
उहाँले जनकपुर–जयनगर रेल सेवालाई बर्दिबाससम्म विस्तार गरेर पूर्व पश्चिम विद्युतीय रेल मार्गसँग जोड्ने गरि काम अगाडी बढाउने काम भएको बताउँदै यो रेल मार्गको निर्माण भएपछि देशको समग्र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले जनकपुरधाम सभ्यता, संस्कृति तथा ज्ञान विज्ञान उद्गम स्थलको रुपमा रहेको बताउँदै अहिले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा जनचेतनाको स्तर तल झर्नु चिन्ताको विषय भएको बताउनु भयो ।
उहाँले महिलाहरूलाई अगाडी बढाउने प्रदेश सरकारको नीति प्रभावकारी किसिमले सञ्चालन गर्नका लागि सुझाव दिँदै महिलाहरू अगाडी नबढेसम्म मधेश प्रदेशको शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न कठिन हुने बताउनु भयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको प्रत्येक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गतको सडकको निर्माण समयमा र गुणस्तरीय रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।
अध्यक्षको आसनबाट बोल्दै मधेश प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारको सबै योजनाहरू योजना बैङ्कमा राखेर काम भइरहेको बताउनु भयो ।
शिलान्यास कार्यक्रममा पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेपाली काँग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादव सहितका वक्ताहरूले बोल्नु भएको थियो । आज शिलान्यास गरिएको कालोपत्रे सडक मधेश प्रदेश सभाको ६४ निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले तीन वर्षमा पुरा गरिने भएको छ । सडकको कूल लागत १२ अर्ब ७० करोड रहेको छ ।
साभार ः रेडियो नेपाल
.jpg)
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
20 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
21 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह