Janakpurdham
Thu, Oct 16, 2025
`

सरकार र यातायात व्यवसायीबीच १४ घण्टाकाे वार्ता निष्कर्षविहीन, मंगलबार बिहान पुनः बस्ने

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं ,जेठ १९ गते । सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आजको दोस्रो वार्ता निष्कर्षविहीन बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र व्यवसायीबीचको १४ घण्टाकाे वार्तामा सहमति जुट्न नसकेकाे हाे ।

मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सञ्चालन सम्बन्धी नियमावली संघको ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने व्यवसायीको मागमा सरकार तयार नहुँदा वार्ता सफल हुन सकेन ।

यातायात महासंघका महासचिव भरतराज नेपालले गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको बताए ।

‘हामीले मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली संघीय ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने माग राखेका हौं’, उनले भने, ‘उहाँले यो काम हामीबाट हुन सक्दैन । माथिल्लो निकायबाट पहल गर्नुपर्छ भनेपछि वार्ता स्थगित भयो ।’

 पुनः भोलि बिहान १० बजेका लागि वार्ताका लागि बोलाइएको महासविच नेपालले बताए । ‘हाम्रो मागप्रति सरकार तयार भए राति पनि वार्ता हुन सक्छ । नभए भोलि बिहान १० बजे पुनः बस्छौं,’ उनले भने ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सञ्चालनसम्बन्धि नियमावलीको खारेजीको माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् । उनीहरुले आजदेखि देशैभर सार्वजनिक यातायात बन्द गरेका छन् ।


साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

11 मिनट पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

13 मिनट पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले