
मधेश प्रदेश सभाको बैठक प्रतिपक्ष अवरुद्ध
4 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,जेठ २१ गते । लामो समयपछि आजबाट शुरु भएको मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुरु भएको मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले घोषणा गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले योजना बिक्री सम्बन्धि विषयको संसदीय छानविन समिति गठन नभएसम्म बैठक नचल्ने अडान लिएर विरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको हो ।
जसपाका प्रमुख सचेतक यादवले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय छानबिनका लागि प्रतिनिधि पठाए पनि सत्ता पक्षबाट जानी बुझी छानविन समितिमा प्रतिनिधि पठाउने काम नभएको भन्दै छानविन समिति नबनेसम्म बैठक चल्न नदिने बताए आ–आफ्नो स्थानमा उभिएर विरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले भोली दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित गर्नुभएको छ ।
संसदीय छानबिनका लागि समिति बनाउने सभामुखले प्रदेश सभामा दिनुभएको निर्देशन १ महिना २४ दिन वित्दा छानविन समिति बन्न नसकेकाले सरकारको नियत ठिक नभएको प्रमुख सचेतकले आरोप लगाउनुभएको थियो ।
मधेश प्रदेश सभाको चौथो अधिवेशन प्रदेश सरकारको सिफारिसमा चैत्र ३० गते मध्य राति १२ बजे देखि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको थियो ।
साभार : रेडियो नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
18 मिनट पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
20 मिनट पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
1 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
1 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले