Janakpurdham
Mon, Sep 21, 2026
`

पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन : सभापति देउवा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँग यस्तो टिप्पणी गरेका हुन्। 

देउवा कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२ औँ स्मृतिसभा, सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रमका लागि त्यसतर्फ जानेक्रममा थिए। सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको बताए। 

‘राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन छ । पूर्वराजा समर्थकले गरेको आन्दोलन गणतन्त्र विरोधी भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य हुँदैन,’ सभापति देउवाले भने। साथै देउवाले गृहमन्त्रीको राजीनामा माग्ने कार्य पनि तर्कहीन रहेको बताए। संचारकर्मीसँगको जिज्ञासामा सभापति देउवाले संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरेका थिए।

 

साभार : काठमाडौं प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

20 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

20 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले