Janakpurdham
Thu, Oct 16, 2025
`

पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन : सभापति देउवा

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँग यस्तो टिप्पणी गरेका हुन्। 

देउवा कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२ औँ स्मृतिसभा, सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रमका लागि त्यसतर्फ जानेक्रममा थिए। सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको बताए। 

‘राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन छ । पूर्वराजा समर्थकले गरेको आन्दोलन गणतन्त्र विरोधी भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य हुँदैन,’ सभापति देउवाले भने। साथै देउवाले गृहमन्त्रीको राजीनामा माग्ने कार्य पनि तर्कहीन रहेको बताए। संचारकर्मीसँगको जिज्ञासामा सभापति देउवाले संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरेका थिए।

 

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

7 मिनट पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

9 मिनट पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले