Janakpurdham
Mon, Oct 27, 2025
`

मैथिली भाषा साहित्य संस्कृतिको इतिहास समृद्ध छ : सभापति देउवा

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम  ,जेठ २३ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली भाषा, साहित्य तथा संस्कृतिको इतिहास समृद्ध भएको बताउनुभएको छ । 

जनकपुरधामको वडा नंं ८ सीताकुण्ड क्षेत्रमा निर्माण भएको मैथिली विकास कोषको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै सभापति देउवाले नेपालको सभ्यता तथा संस्कृतिको धरोहर रहेको जनकपुरधाम मधेश प्रदेशको राजधानीका साथै प्राचीन मिथिलाको राजधानी भएकाले यस भवनबाट मैथिली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मिथिलाको प्राचीन राजधानी र माता जानकीको जन्मथलो भएकाले यसको नाम जानकी वा जनक प्रदेश हुँदा उपयुक्त हुने थियो भन्नुहुँदै जनकपुरधामका कारणले नेपाल–भारत बीचको सम्बन्ध अझै प्रगाढ भएको बताउनुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि भवन थप सहयोगी हुने आशा व्यक्त गर्दै यसलाई अध्ययन तथा अनुसन्धानको केन्द्रको रुपमा विकसित गर्नका लागि पनि आग्रह गर्नुभयो । 

उहाँले राजर्षि जनकको कर्मभूमि तथा माता सीताको जन्मस्थल भएकाले विश्वका हिन्दूहरुलाई आकर्षित गर्न सकेको खण्डमा जनकपुरधामको मात्र होइन नेपालकै अर्थतन्त्रमा ठूलो मद्दत पुग्ने बताउनुभयो । 

oplus_2

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले आफ्नै मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको कोषको भवनले मैथिली भाषा सहिते तथा संस्कृतिको उत्थानमा मद्दत पुग्ने बताउनुभयो । 

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समृद्ध इतिहास र भाषा, साहित्य एवं संस्कृति भएको मैथिली साहित्यको विकासमा ठूलो मद्दत पुग्ने बताउनुभयो । 

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने प्राविधिकहरूलाई पूर्व प्रधानमन्त्री देउवाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मानित गर्नुभयो ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ७ करोड ५० लाख लागतमा मैथिली विकास कोषको नवनिर्मित भवनको निर्माण भएको हो । बहु तल्ले सो भवन सभाहल, सेमिनार हल, मिथिला सङ्ग्रहालय, अडियो भिडियो कक्ष हितका रहेको छ ।   

कार्यक्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महेन्द्र यादव लगायतको उपस्थिति थियो ।


साभार ः रेडियो नेपाल

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

12 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

12 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले