मैथिली भाषा साहित्य संस्कृतिको इतिहास समृद्ध छ : सभापति देउवा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ २३ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली भाषा, साहित्य तथा संस्कृतिको इतिहास समृद्ध भएको बताउनुभएको छ ।
जनकपुरधामको वडा नंं ८ सीताकुण्ड क्षेत्रमा निर्माण भएको मैथिली विकास कोषको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै सभापति देउवाले नेपालको सभ्यता तथा संस्कृतिको धरोहर रहेको जनकपुरधाम मधेश प्रदेशको राजधानीका साथै प्राचीन मिथिलाको राजधानी भएकाले यस भवनबाट मैथिली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मिथिलाको प्राचीन राजधानी र माता जानकीको जन्मथलो भएकाले यसको नाम जानकी वा जनक प्रदेश हुँदा उपयुक्त हुने थियो भन्नुहुँदै जनकपुरधामका कारणले नेपाल–भारत बीचको सम्बन्ध अझै प्रगाढ भएको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि भवन थप सहयोगी हुने आशा व्यक्त गर्दै यसलाई अध्ययन तथा अनुसन्धानको केन्द्रको रुपमा विकसित गर्नका लागि पनि आग्रह गर्नुभयो ।
उहाँले राजर्षि जनकको कर्मभूमि तथा माता सीताको जन्मस्थल भएकाले विश्वका हिन्दूहरुलाई आकर्षित गर्न सकेको खण्डमा जनकपुरधामको मात्र होइन नेपालकै अर्थतन्त्रमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले आफ्नै मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको कोषको भवनले मैथिली भाषा सहिते तथा संस्कृतिको उत्थानमा मद्दत पुग्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समृद्ध इतिहास र भाषा, साहित्य एवं संस्कृति भएको मैथिली साहित्यको विकासमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने प्राविधिकहरूलाई पूर्व प्रधानमन्त्री देउवाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मानित गर्नुभयो ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ७ करोड ५० लाख लागतमा मैथिली विकास कोषको नवनिर्मित भवनको निर्माण भएको हो । बहु तल्ले सो भवन सभाहल, सेमिनार हल, मिथिला सङ्ग्रहालय, अडियो भिडियो कक्ष हितका रहेको छ ।
कार्यक्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महेन्द्र यादव लगायतको उपस्थिति थियो ।
साभार ः रेडियो नेपाल

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
19 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
19 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह