Janakpurdham
Mon, Sep 21, 2026
`

प्रदेशको स्रोत र क्षेत्राधिकार संघले कब्जा गर्यो : अध्यक्ष यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २६ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई स्रोत र जनशक्ति केही पनि नभएको बताएका छन्। 

संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/०८३ बजेट छलफल कार्यक्रममा उनले प्रदेशलाई स्रोत र जनशक्ति एकदमै न्यून भएको भन्दै संघले सबै कब्जा गरेर बसेको बताए।  ‘संघीय वित्तियताले काम गरेको छैन। क्षेत्राधिकार पनि एकदमै कम छ। प्रदेशलाई स्रोत पनि छैन र भएको पनि एकदमै न्यून छ,’ उनले भने, ‘जनशक्ति छैन, संघले सबै कब्जा गरेको छ र पावर पनि छैन्, एकदमै सिमित छ। यो आधारमा काम गर्दा जुन लाभ संघीय प्रणालीबाट हुनसक्थ्यो त्यो हुन पाएको छैन।’

यस्तै, उनले स्थानीय तहको क्षमता विकासमा अगाडि बढ्नुको सट्टा प्रशासकीय अधिकृतहरुलाई दुईतीन महिनामा चलाएर हैरान पारेको भन्दै प्रदेशमा पनि पाँचदश प्रतिशत मात्र बजेट राखेको बताए। 

संघीयता कार्यान्वयन गर्ने भन्ने तर काम भने नगर्ने प्रवृत्ति भएकाले यसलाई सुधार गर्नुपर्ने पनि बताए। ‘सरकारमाथि एउटा आशंका जहिले पनि छ। संघीयता कार्यान्वयन गर्न चहँदैन। संघीयता कार्यान्वयन नगर्ने हो भने सरकार, दल र नेता प्रष्ट रुपमा अगाडि आउनुपर्यो,’ उनले भने, ‘संघीयता कार्यान्वयन गर्ने पनि भन्ने तर काम भने नगर्ने प्रवृत्ति सुधार गर्नुपर्छ।’ 

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अझै पनि ८० प्रतिशतभन्दा बढी स्थानीय सरकारको बजेट संघीय सरकारको अनुदानमा निर्भर रहेको भन्दै आफ्नै स्रोतबाट राजस्व उठाउने क्षमता अझै पनि धेरै पालिकामा कमजोर भएको बताइन्।  

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

19 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

19 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले