नेताले मुलुक र जनता हेर्छ, मुर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २६ : नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन्। सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरुसँग बोल्दै उनले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन्।
मुर्खहरुको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौं लगानी भएको योजनाहरु काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए। ‘सरकारी पैसालाई आफ्नो पार्टी र भातृ संस्थाको लागि प्रयोग गर्यौं भने दुरुपयोग हुन्छ। एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ। मुर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मुर्खहरुको बाहुलीयता भएको ठाँउमा मेरो भनाइको के अर्थ हुन्छ,’ उनले भने, ‘रातो किताब आएपछि थाहा हुन्छ। ठूला–ठूला र करोडौं लगानी भएको योजनाहरु काटिएका छन् । कार्यकर्ता हेरेर बजेट राखिएको छ।’
यस्तै, उनले सदन बन्द गर्ने ठाँउ नभएको भन्दै नारा जुलुस गर्ने ठाँउ बाहिर भएको बताए।
साभार : काठमाडौं प्रेस

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
19 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
19 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह