
अनेरास्ववियुमा डाक्टरको प्यानलबाट उपमहासचिवमा नर्सको उम्मेदवारी
4 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,जेठ २८ गते । नेकपा एमालेनिकट अनेरास्ववियुको नयाँ नेतृत्वको लागि आजै राति हुने मतदानको पूर्वसन्ध्यामा उम्मेदवारको अन्तिम नामावली आएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदा अन्य पदाधिकारीमा भने उम्मेदवारको संख्या बढेको छ ।
पार्टीले प्यानल प्रतिस्पर्धामा रोक लगाए पनि दुवै उम्मेदवारले मुख्य पदमा प्यानल बनाएका छन् । पार्टी संस्थापनले अघि सारेका उम्मेदवार डा.कडरियाको टिमबाट उपाध्यक्षमा विकास श्रेष्ठ र अन्जना शिवाकोटी, महासचिव दीपक धामी छन् । प्रकाश पौडेल प्यानलबाट महासचिव आरके रोमश, उपाध्यक्षमा भवानी बजगाईँ छन् । उपमहासचिवमा डा.कडरियाको प्यानलबाट प्रेमिका राज्यलक्ष्मी शाहीले उम्मेदवारी दिएकी छन् ।
क्लिनिकल साइकोलोजीका चिकित्सक डा.कडरिया प्यानलको उपमहासचिव शाही भने स्टाफ नर्स हुन् । आफू डा.कडरियाको प्यानलबाट उपमहासचिवमा उम्मेदवार बनेको उनले बताइन् । यसअघि स्थायी कमिटी सदस्य र सिटिइभिटी इन्चार्ज रहेकी शाही चक्रवर्ती कलेजको ठगीविरुद्ध आन्दोलनको नेतृत्व गर्ने विद्यार्थी नेता हुन् ।
साभार : नेपाल प्रेस

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
22 घन्टा पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
22 घन्टा पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
2 दिन पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
3 दिन पहिले