Janakpurdham
Thu, Oct 16, 2025
`

प्रतिनिधिसभा आइतबारसम्मका लागि स्थगित

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ३० : प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ। 

सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको संसदमा जानकारी गराए। राप्रपा र रास्वपाको विरोधका बाबजुत सभामुख घिमिरेले संसदको कारबाही अघि बढाएका थिए। 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षसँग भएको सहमतिबारे जानकारी गराए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धारणा राख्नेक्रममा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरे। 

रास्वपाका सांसद मनिष झाले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। त्यसपछि भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपबारे गृहमन्त्री रमेश लेखकले प्रतिबाद गरेका थिए। 

रास्वपाले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आन्दोलन जारी रहने बताएको छ।

साभार ः काठमाडौं, प्रेस

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

22 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

22 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले