Janakpurdham
Thu, Oct 16, 2025
`

उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन्। 

सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। 

उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए। मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनपर्ने समेत बताए। उनले यो आर्थिक बर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे।

उनले नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष भएकाले अरुको भर पर्न नहुने बताए। उनले  नेपालको लोकल मदिरालाई समेत विदेशमा बेच्ने तयारी गरिरहेको र  अब नयाँ मोडालिटीका साथ अघि बढ्ने समेत बताए। 

‘मुल्याकंन कहाँ हुन्छ भन्दा उत्पादित वस्तुको हुन्छ । आफ्नो उत्पादनको बजारिकरण गर्न आवश्यक छ। उद्यमशिलतालाई प्राथमिकतामा राखेर समस्यालाई  समाधान गर्न आवश्यक छ। कानुन अथवा  नीति नियमबाट उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक छ। यतिबेला नेपालमा आर्थिक पूँजीलाई जसरी प्रवद्र्धन गर्नपर्ने हो त्यो हुन सकेन,’ उनले भने, ‘ललितपूर महानगरपालिकाले आयोजना गर्दा लगानीको क्षेत्रको बजारिकरण भइरहेको छ। नेपालको उद्योग क्षेत्र प्रतिस्पर्धामा आउन सकेको छैन। नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष हो। हामीले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिन आवश्यक छ।’

उनले नेपालमा महिलाहरुले उत्पादन गरेको उत्पादनको ट्याक्स फ्रि भनेर महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए।

साभार : काठमाडौं प्रेस

 

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

22 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

22 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले