‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ प्रदान गर्न सम्झौता, सात लाख रुपैयाँको अक्षय कोष स्थापना
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असार ३ गते । ‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबीच सम्झौता भएको छ ।
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी मङ्गलवार नाफिज र अग्रवालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरेका छन् ।
गत २९ मंसिरमा सम्पन्न नाफिजको १५औँ वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले आफ्नो स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
गत साउनमा निधन भएका श्रवणकुमार आरएमसी ग्रुपका संस्थापक हुन् ।
मारवाडी सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका श्रवणकुमार संविधानसभा सदस्यसमेत थिए । उनको स्मृतिमा छोरा राजेशकुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पूरा गरेर मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको नाफिजले जनाएको छ ।

फेलोसिप दिने गरी नाफिजमा स्थापना भएको यो नै पहिलो अक्षयकोष हो । समझदारीअनुसार अध्यक्ष अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन् । नाफिजले त्यस अक्षय कोषबाट वार्षिक रूपमा एक जना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गर्नेछ ।
खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ ।
नाफिजका अनुसार उक्त फेलोसिप प्रदान गर्न तीन जनाको छनोट समिति गठन गरिनेछ । सोही समितिले फेलोसिप प्रदानका लागि थप काम अघि बढाउनेछ । अब आवश्यक प्रक्रिया पूरा गरेर आर्थिक वर्ष २०८२÷८३ देखि फेलोसिप कार्यान्वयनमा लैजाने नाफिजकी अध्यक्ष कार्कीले बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यो कदमले आर्थिक पत्रकारहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
साभार : नेपाल प्रेस

नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष..
काठमाडौं, भाद्र ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को सा..
8 घन्टा पहिले
डा. राजेन्द्र विमलजीको बाल्यकाल : प्रतिभा, प्रकृतिप्रेम ..
दिपेश मल्लिक मेरा पिताजी स्व. रामचन्द्र मल्लिक ‘मास्टर साहेब’ र डा. राजेन्द्र विमल बालसखाका रूपमा रहनुभएको..
8 घन्टा पहिले
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..
काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..
1 दिन पहिले
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..
काठमाडौं, भदाै ४: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..
1 दिन पहिले
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..
2 दिन पहिले