
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
4 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार १० : जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको संसदीय दललाई निर्देशन दिएको अध्यक्ष उपेन्द्र यादवले बताए। अब संसदीय दलले निर्णय गरेपछि औपचारिक रुपमा यो निर्णय कार्यान्वयन हुनेछ।
अध्यक्ष यादवले सरकारको एक वर्षको कामको डेलिभरी र मूल्यांकनका आधारमा निर्णय गरेको बताए। उनले अब संसदीय दलको बैठकले केही दिनमै निर्णय गर्ने बताए।
जसपा नेपालले ओली सरकारलाई बाहिरबाटै समर्थन गरेको थियो।
जसपा नेपालले समर्थन फिर्ता लिए राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ। ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारमा सहभागी दलहरूको २७ जना मात्र सांसद छन्।
साभार : काठमाडौं प्रेस

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
22 घन्टा पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
22 घन्टा पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
2 दिन पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
3 दिन पहिले