Janakpurdham
Mon, Oct 19, 2026
`

मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि शनिवारदेखि धनुषामा मदिराको बिक्री वितरण रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरेर भोलिदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले हस्ताक्षर गरि जारी गर्नुभएको सूचनामा भोलिदेखि लागू हुने गरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको उल्लेख छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ थ मा भएको व्यवस्था अनुसार सर्वदलीय/सर्वपक्षीय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार शनिवारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।

कोही कसैले सूचनाको बर्खिलाप हुने गरी निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

स्थानीय तहका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू, सुरक्षा निकाय तथा पत्रकारहरूको बैठकले एक साता अगाडीदेखि नै मदिराको बिक्री वितरण तथा सेवनमा निषेध गर्नका लागि माग आएपछि स्थानीय प्रशासनले आज सूचना जारी गरि निषेध गरेको छ ।साभार : रेडियो नेपाल

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

20 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

20 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

2 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

2 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

3 दिन पहिले