Janakpurdham
Sat, Aug 08, 2026
`

मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि शनिवारदेखि धनुषामा मदिराको बिक्री वितरण रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरेर भोलिदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले हस्ताक्षर गरि जारी गर्नुभएको सूचनामा भोलिदेखि लागू हुने गरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको उल्लेख छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ थ मा भएको व्यवस्था अनुसार सर्वदलीय/सर्वपक्षीय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार शनिवारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।

कोही कसैले सूचनाको बर्खिलाप हुने गरी निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

स्थानीय तहका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू, सुरक्षा निकाय तथा पत्रकारहरूको बैठकले एक साता अगाडीदेखि नै मदिराको बिक्री वितरण तथा सेवनमा निषेध गर्नका लागि माग आएपछि स्थानीय प्रशासनले आज सूचना जारी गरि निषेध गरेको छ ।साभार : रेडियो नेपाल

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

11 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

12 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले