Janakpurdham
Mon, Sep 21, 2026
`

मधेस प्रदेश– आफैंले ल्याएको बजेटमा जनमतको विरोध, संशोधन गर्नुपर्ने निर्णय

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार १२ गते । आफ्नै पार्टी नेतृत्वको मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा असन्तुष्टि जनाउँदै जनमत पार्टीले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।जनमतको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम बमोजिम बजेट नआएको निष्कर्ष निकाल्दै संशोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो । सो दलका नेता महेश प्रसाद यादवले बजेट संशोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘नीति तथा कार्यक्रम एकातीर बजेट अर्कातिर छ । मुख्य एजेण्डालाई छाडेर सहायक एजेण्डामा बजेट हालिएको छ । यो हामीलाई स्वीकार्य छैन ।’बजेटमाथि छलफलका लागि आज डाकिएको प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । सो विषयमा सभामुखसँग जवाफ माग गर्ने निर्णय पनि भएको जनमतका दलका नेता यादवले बताए ।

 बजेट आएको १० दिनपछि मंगलवार प्रदेशसभा बैठक डाकिएको थियो, जुन बैठकमा रेडबुक बाँडियो । दुई साँसदले मात्र छलफलमा भाग लिएपछि सभामुख रामचन्द्र मण्डलले बजेटको अध्ययन साँसदहरुले नगरेको भन्दै बैठक स्थगित गरे ।उनले अर्को बैठक बुधवार दिउँसो १ बजे बस्ने जानकारी गराएका थिए । तर आज अन्तिम समयमा आएर सूचना टाँसगरी बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । प्रदेशसभा बैठक स्थगित गरिएकोमा पनि जनमत पार्टीले आपत्ति जनाएको छ ।बजेटमा जनमतका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले समेत आपत्ति जनाइसकेका छन् । उनले बजेटमा बिचौलियाले प्रवेश पाएको भन्दै आफू स्वयंम पीडित बनेको उल्लेख गरेका हुन् ।

साभार : नेपाल प्रेस

 

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

19 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

19 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले