Janakpurdham
Sat, Aug 08, 2026
`

धनुषाका मतदान तथा सहायक मतदान अधिकृतहरूको प्रशिक्षण सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । धनुषा जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको प्रशिक्षण आज सम्पन्न भएको छ ।

धनुषाका ६ सय ५ मतदान केन्द्रमा खटिने मतदान तथा सहायक मतदान अधिकृत गरी कूल १ हजार २ सय १० जनालाई प्रशिक्षण दिइएको हो ।प्रशिक्षणपछि सहायक कर्मचारीहरूको नामावली प्रकाशित गरी परिचालन गरिने तयारी रहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।गत कार्तिक २३ गते बुधवारबाट शुरु भएको प्रशिक्षण आज सकिएको हो ।धनुषाका प्रमुख जिल्ला अधिकृत सुरेन्द्र पौडेलले शान्ति सुरक्षाको सम्पूर्ण तयारी सम्पन्न भएकाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले सफलतापूर्वक चुनाव गराउने विश्वास व्यक्त गर्नुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

12 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

12 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले