Janakpurdham
Mon, Oct 27, 2025
`

प्रधानमन्त्रीको संसदमा संवोधन– अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको छ

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्लाई संवोधन गर्दै स्पेनको भ्रमणबारे जानकारी दिएका छन् । संवोधनकाक्रममा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको बताए। 

प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा संयुक्त राष्ट्रसंघका प्रमुख लगायतको सहभागीता रहेको सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अविवृद्धि भएको छ।’ 

साथै, प्रधानमन्त्री ओलीले आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताए। 

गोलमेच बैठककाक्रममा जलवायु परिवर्तन, खाद्य सुरक्षाजस्ता विषयमा महत्वपूर्ण छलफल भएको चर्चा गर्दै उनले बैठकमा अन्तर्राष्ट्रि सहयोगको प्रतिवद्धता आएको पनि उनले बताए। 

साथै, गोलमेच बैठकमा औपचारिक विकास सहयोग लगायत दिगो विकासको विषयमा समेत छलफल भएको समेत उनले बताए । प्रधानमन्त्री ओलीले राष्ट्रवाद, संरक्षणवादबारेमा छलफल भई विश्वमा दिगो शान्ति समृद्धिका लागि र जलवायु परिर्वतनको क्षेत्रमा ठोस निर्णय गर्ने वातावरण निर्माण भएको सन्दर्भ समेत उल्लेख गरे। 

उनले भने, ‘वित्तिय स्रोत परिचालनसम्बन्धी अभियानमा नेपाल संलग्न भएको जानकारी गराएको छु, खानेपानी, सरसफाईसम्बन्धी काममा नेपालले राम्रो काम गरिरहेको र सो अभियानमा नेपाल निरन्तर लागेको जानकारी गराएँ ।’ 

विकासशील देशले भोगिरहेको जलवायु परिवर्तनका कारण उत्पन्न हुने पीडा, समस्याबारेमा गम्भीर छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लागि नागरिकले निरन्तर खवरदारी गर्नुपर्ने विषयमा चर्चा भएको जानकारी पनि ओलीले गराए । सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुखहरुसँगको भेटमा बहुपक्षीय विषयमा छलफल भएको भनाई ओलीको थियो । 
सम्मेलनमा झण्डै ५० देशको राष्ट्रप्रमुखको सहभागिता रहेको बताउँदै ओलीले त्यहाँ नेपालको प्रतिनिधित्व नेतृत्वदायी भएको बताए । यस्तो भ्रमणले कुटनीतिक दृष्टिकोणले र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्नेगरेको उहाँले विश्वास पनि व्यक्त गरे । सम्मेलनमा नेपालमा लगानी गर्न आव्हान गरिएको र लगानीको वातावरण नेपालमा उचित रहेको जानकारी गराएको पनि उनले बताए । 

 

साभार ः काठमाडौं प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

7 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

7 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले