प्रधानमन्त्रीको संसदमा संवोधन– अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको छ
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्लाई संवोधन गर्दै स्पेनको भ्रमणबारे जानकारी दिएका छन् । संवोधनकाक्रममा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा संयुक्त राष्ट्रसंघका प्रमुख लगायतको सहभागीता रहेको सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अविवृद्धि भएको छ।’
साथै, प्रधानमन्त्री ओलीले आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताए।
गोलमेच बैठककाक्रममा जलवायु परिवर्तन, खाद्य सुरक्षाजस्ता विषयमा महत्वपूर्ण छलफल भएको चर्चा गर्दै उनले बैठकमा अन्तर्राष्ट्रि सहयोगको प्रतिवद्धता आएको पनि उनले बताए।
साथै, गोलमेच बैठकमा औपचारिक विकास सहयोग लगायत दिगो विकासको विषयमा समेत छलफल भएको समेत उनले बताए । प्रधानमन्त्री ओलीले राष्ट्रवाद, संरक्षणवादबारेमा छलफल भई विश्वमा दिगो शान्ति समृद्धिका लागि र जलवायु परिर्वतनको क्षेत्रमा ठोस निर्णय गर्ने वातावरण निर्माण भएको सन्दर्भ समेत उल्लेख गरे।
उनले भने, ‘वित्तिय स्रोत परिचालनसम्बन्धी अभियानमा नेपाल संलग्न भएको जानकारी गराएको छु, खानेपानी, सरसफाईसम्बन्धी काममा नेपालले राम्रो काम गरिरहेको र सो अभियानमा नेपाल निरन्तर लागेको जानकारी गराएँ ।’
विकासशील देशले भोगिरहेको जलवायु परिवर्तनका कारण उत्पन्न हुने पीडा, समस्याबारेमा गम्भीर छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लागि नागरिकले निरन्तर खवरदारी गर्नुपर्ने विषयमा चर्चा भएको जानकारी पनि ओलीले गराए । सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुखहरुसँगको भेटमा बहुपक्षीय विषयमा छलफल भएको भनाई ओलीको थियो ।
सम्मेलनमा झण्डै ५० देशको राष्ट्रप्रमुखको सहभागिता रहेको बताउँदै ओलीले त्यहाँ नेपालको प्रतिनिधित्व नेतृत्वदायी भएको बताए । यस्तो भ्रमणले कुटनीतिक दृष्टिकोणले र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्नेगरेको उहाँले विश्वास पनि व्यक्त गरे । सम्मेलनमा नेपालमा लगानी गर्न आव्हान गरिएको र लगानीको वातावरण नेपालमा उचित रहेको जानकारी गराएको पनि उनले बताए ।
साभार ः काठमाडौं प्रेस

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
18 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
18 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह