
परराष्ट्रमन्त्री डा. राणा र जर्मनीका विदेशमन्त्री भेटवार्ता
3 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार २४ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच भेटवार्ता भएको छ। जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा मन्त्री डा. राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारमध्येको एक प्रमुख देश जर्मनीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा निरन्तर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।
मन्त्री डा. राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार–व्यवसायलाई थप प्रवर्द्ध गर्न सामूहिक प्रयास हुनुपर्ने र दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरिन्।
सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछिको सम्भावित चुनौती र अवसरलाई सहज एवं दिगो बनाउन आवश्यक रणनीति बनाइरहेको जानकारी दिँदै उनले त्यसपछिका दिनमा पनि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताइन्।
जर्मनी नेपालका लागि युरोपको दोस्रो ठूलो पर्यटक स्रोत रहेको तथा दुई देशबीच पर्यटनको ठूलो सम्भावना रहेको भए पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि मन्त्री डा. राणाले सो अवसरमा आग्रह गरिन्।
भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम व्यहोरिरहेको बताउँदै नेपालले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गरिन्।
साभार ः काठमाडौं प्रेस

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
19 घन्टा पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
19 घन्टा पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
2 दिन पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
3 दिन पहिले