Janakpurdham
Mon, Oct 27, 2025
`

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.महत

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक्ष रहेको उल्लेख गरे।

उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउनका लागि पाँच वटा विधेयक संसदबाट पारित भइसकेका छन् भने नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुनहरू पनि बनेका छन्।

‘यो सरकारले एक वर्षमा केही राम्रा कुराहरू पनि गरेको छ। निजी क्षेत्रलाई चलायमान गर्नका लागि पाँचवटा विधेयक पारित भएका छन्। अन्य नागरिक सम्बन्धी कानुनहरू पनि बनेका छन्, केही कानुनहरू पारित हुने क्रममा छन्,’ महतले भने।

तर उनले आम जनताको दैनिक जीवनमा देखिएको ढिलासुस्ती, झमेलालगायत पारदर्शिताको अभावप्रति चिन्ता व्यक्त गरे। 

‘आम नागरिकले प्राप्त गर्ने सेवा सुविधाको हकमा अझै त्यहाँ सुशासन भएको छैन। अनेकौं झमेला, ढिलासुस्ती र पारदर्शिताको अभावमा जनताले अझै पनि दुःख पाइरहेका छन्,’ उनले भने।

प्रवक्ता महतले यस्ता समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।  

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

4 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

4 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले