Janakpurdham
Mon, Sep 21, 2026
`

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ : बर्तौला

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन ६ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएको जानकारी गराए।

‘अधिकांश केन्द्रीय कमिटीका सदस्यहरुले विधानको संशोधित प्रस्तावलाई समर्थन गर्नुभएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभएको छ । अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले अधिकांशले पूर्वराष्ट्रपति, पूर्वराष्ट्रपति कै हैसियतमा बस्न उपयुक्त हुन्छ,’ उनले भने।

पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वभाविक नहुने धेरैको मत रहेको बर्तौलाले बताए। यसका बारेमा पार्टीले आवश्यक निर्णय लियो्स् भन्न सुझाव नेताहरुले दिएको उनले बताए। 

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

18 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

18 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले