Janakpurdham
Thu, Oct 16, 2025
`

प्रवक्ता महतको दाबी- वेस्ट पार्टी कांग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,श्रावण ८ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र र उत्पादन बढाउनको लागि सरकार र निजी क्षेत्र दुवै सुध्रिनुपर्ने बताएका छन्।

बिपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक सुधार र रोजगारी सिर्जनाको काम अपेक्षित रूपमा हुन नसकेको बताए।

उनले भने, ‘राजनीति क्षेत्र पनि उतै छन्, भोटका लागि सबै हुन्छ भन्छन्, यो हुन्छ यो यस कारणले हुँदैन भन्न सक्नुपर्छ। अहिले मूल राजनीति पार्टी कांग्रेसमाथि पनि केही गर्दैन भन्छन्, गर्न यति धेरै गरेको छ भनेर साध्य छैन। तर हामी एकले अर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने, आफूले गरेको कुरा भन्दै नभन्ने, गर्ने कुरा पनि नभन्ने बरु अरूका कुरा टिपेर आफ्नै मान्छेहरूलाई आक्रमण गर्ने यो प्रवृत्ति छाड्नुपर्छ।’

उनले कांग्रेस नीतिगत र सैद्धान्तिक रूपमा ठिक ठाउँमा रहेको दाबी गरे। उनले थपे, ‘हामीले त्यसलाई धारिलो बनाएर लानुपर्छ। नयाँ र कम्युनिष्टहरुले सक्दैनन्, हामी नै वेस्ट पार्टी हौँ। तर यसलाई सुधार्न आवश्यक छ। एकीकृत भएर हामीले आफ्ना कुरालाई सामूहिक ढङ्गले राख्न सक्यौँ भने सफल हुन्छौँ।’

 


साभार : नेपाल प्रेस

 

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

19 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

19 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले