प्रवक्ता महतको दाबी- वेस्ट पार्टी कांग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,श्रावण ८ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र र उत्पादन बढाउनको लागि सरकार र निजी क्षेत्र दुवै सुध्रिनुपर्ने बताएका छन्।
बिपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक सुधार र रोजगारी सिर्जनाको काम अपेक्षित रूपमा हुन नसकेको बताए।
उनले भने, ‘राजनीति क्षेत्र पनि उतै छन्, भोटका लागि सबै हुन्छ भन्छन्, यो हुन्छ यो यस कारणले हुँदैन भन्न सक्नुपर्छ। अहिले मूल राजनीति पार्टी कांग्रेसमाथि पनि केही गर्दैन भन्छन्, गर्न यति धेरै गरेको छ भनेर साध्य छैन। तर हामी एकले अर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने, आफूले गरेको कुरा भन्दै नभन्ने, गर्ने कुरा पनि नभन्ने बरु अरूका कुरा टिपेर आफ्नै मान्छेहरूलाई आक्रमण गर्ने यो प्रवृत्ति छाड्नुपर्छ।’
उनले कांग्रेस नीतिगत र सैद्धान्तिक रूपमा ठिक ठाउँमा रहेको दाबी गरे। उनले थपे, ‘हामीले त्यसलाई धारिलो बनाएर लानुपर्छ। नयाँ र कम्युनिष्टहरुले सक्दैनन्, हामी नै वेस्ट पार्टी हौँ। तर यसलाई सुधार्न आवश्यक छ। एकीकृत भएर हामीले आफ्ना कुरालाई सामूहिक ढङ्गले राख्न सक्यौँ भने सफल हुन्छौँ।’
साभार : नेपाल प्रेस

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
18 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
18 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह