Janakpurdham
Mon, Oct 27, 2025
`

माधव नेपालले पाएनन् भ्रष्टाचार मुद्दामा वारेश राख्ने अनुमति

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १२ : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनीविरुद्धको भ्रष्टाचार मुद्दामा वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ।

तीन वर्षभन्दा बढी कैद हुनसक्ने अभियोग लागेको भन्दै विशेष अदालतले  भ्रष्टाचार मुद्दामा वारेश राख्ने सुविधा दिन अस्विकार गरेको हो। राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेशका लागि निवेदन दिएका थिए।

विशेष अदालतले यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइसकेको छ। 

अब वारेशको अनुमती नपाएपछि नेपाल मुद्दाको तारेखका दिन आफै विशेष अदालतमा उपस्थित हुनुपर्ने छ । राजनीतिक गतिविधिका सिलसिलामा विभिन्न ठाउँमा जानुपरेको भन्दै काबु बाहिरको परिस्थिति देखाएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपालले वारेसको अनुमति मागेका हुन्। 

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबीसहित ८ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने आरोपमा मुद्दा दायर भएको अवस्था देखाएरवारेशको सुविधा दिन अस्वीकार गरेको हो।

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

7 मिनट पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

11 मिनट पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

3 दिन पहिले