Janakpurdham
Mon, Sep 21, 2026
`

नेपाल डम्पिङ साइट बन्न सक्दैन : मन्त्री भण्डारी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन्।

मंगलबार ३१औं कार्गो डेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए। 

‘हाम्रो बजार सबैको बजार बन्ने नेपालको बजार बन्ने कुरामा समस्या हुन्छ भने यो कुरामा गम्भिर भएर सोच्नु पर्छ । हामी अरुको डम्पिङ साइट त होईन हामीले निर्वाध रुपमा वस्तुहरु आउन दिने तर, हाम्रो वस्तु बाहिर जाँदा प्रश्नहरु रहने, समस्याको रुपमा रहने हामीले हाम्रो वस्तु र प्रमाणिकरणको स्तर विस्तार गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रालयले यसलाई विशेष प्राथमिकतामा राखेको छ। नेपालमा आउने वस्तुमा मात्र सहजीकरण हुने हो र अरु देशका वस्तु मात्र हामीले खरिद गर्नुपर्ने तर हाम्रो सामान किन्ने कुरामा टाउको दुख्ने हो भने त सम्बन्ध यसरी अगाडि बढ्न सक्ला।’

मन्त्री भण्डारीले आजको विश्व व्यापारमा नेपालको पहुँच पुग्न नसकेको भन्दै यस्तो चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पुर्‍याउनु पर्ने बताए। 

‘नेपाल भूपरिवेस्ठित देश भएको कारणले र वस्तु आयात, निर्यातको सन्दर्भमा हाम्रो कानूनी प्रणालीको कारणले गर्दा वस्तुहरु अपेक्षाभन्दा बढि महंगो हुन जान्छ। यसलाई हाम्रो कुटनीतिक प्रयासबाट, हाम्रो अगाडि रहेका यी चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने छ,’ उनले भने, ‘आजको विश्व व्यापारमा हाम्रो पहुँच पुग्न सकिरहेको छैन। यसमा रहेको चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पु¥याउनु पर्छ। यसको लागि कानूनी प्रणालीमा सुधारको आवश्यकता छ। आजको चुनौतीहरु सम्बोधन गर्ने गरि नीतिगत प्रयासहरु हुनुपर्छ।’

छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ। 

मन्त्री भण्डारीले सबै वस्तुहरुलाई कार्गो प्रणालीमा ल्याउने गरि क्याबिनेटले हिजो स्वीकृति दिएको भन्दै यो प्रस्तावलाई छिमेकी मुलुकले सकारात्मक तरिकाले लिएको पनि उल्लेख गरेका छन्। 

 


साभार : काठमाडौं प्रेस

 

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

17 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

17 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले